Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

छाती र टाउकोमै गोली किन दाग्छन् प्रहरी ?

\"\"काठमाडौं, ५ चैत । कानुनले सशस्त्र सुरक्षाकर्मीलाई कसैमाथि सिधै गोली हान्ने अधिकार दिँदैन । ‘सुरक्षा कायम गर्ने सिलसिलामा हान्नैपरे घुँडामुनि गोली हान्नू’– स्थानीय प्रशासन ऐनको स्पष्ट निषेधादेश छ । आजको नागरिक दैनिकमा खबर छ– मानवअधिकारको विश्वव्यापी मान्यता पनि यही हो । सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु वा घाइते भएका अधिकांश घटनामा भने टाउको वा छाती नै छेडिएको हुन्छ । आखिर किन हानिन्छ टाउको वा छातीमै ताकेर गोली ? के सुरक्षाकर्मी घुँडामुनि लाग्नेगरी गोली हान्नै जान्दैनन् ? यो सोझो प्रश्नले मानवअधिकारवादी, कानुनकर्मी वा सुरक्षा क्षेत्रमा चासो राख्ने सर्वसाधारणलाई मात्र होइन, सुरक्षा क्षेत्रकै कमाण्ड सम्हालेका गृहमन्त्रीलाई समेत पिरोल्ने गर्छ । फागुन २३ गतेको सप्तरी घटनामा त्यही भयो। लगत्तै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सशस्त्र बल र नेपाल प्रहरीका प्रमुखलाई उनीहरुका कार्यालयमै पुगेर सोधे– टाउको र छातीमै ताकेर किन गोली चलाएको ? नेकपा एमालेको जारी मेची–महाकाली अभियान राजविराज आइपुग्दा त्यसविरुद्ध प्रदर्शनमा उत्रिएको मधेसी मोर्चा र प्रहरीबीच त्यहाँ झडप भएको थियो। सुरक्षा कायम गर्ने सिलसिलामा प्रहरीले चलाएको गोलीले तत्कालै एक प्रदर्शनकारीको मृत्यु भयो भने टाउको र छातीमा गोली लागेका नौमध्ये थप दुईको उपचारका क्रममा मृत्यु भयो। कानुनअनुसार घुँडामुनि मात्र गोली हान्ने अधिकार दिइए पनि सुरक्षकर्मीले टाउको र छातीमा ताकेर गोली हान्ने गरेको भन्दै मोर्चाले विज्ञप्तिमार्फत प्रहरी प्रशासनको चर्को आलोचना गर्‍यो। मानवअधिकारवादी र न्यायिक वकालतकर्ता खनिए। आफूले गोली नचलाउन आदेश दिँदादिँदै सुरक्षाकर्मीले फायर खोलेको, त्यो पनि कानुनविपरीत टाउको र छातीमै दागेको विषयमा गृहमन्त्री स्वयं सुरक्षा प्रमुखसँग आक्रोशित देखिए। यता, आफ्नो निर्देशनविपरीत गोली चलाएको भन्दै प्रधानमन्त्री प्रचण्ड गृहमन्त्रीसँग रुष्ट भएको सार्वजनिक भयो। त्यसैले गृहमन्त्री निधि सुरक्षाकर्मीबाट सूक्ष्म रुपमै बुझ्न चाहन्थे– प्रहरीबाट कसरी चुक भयो  ? गृहमन्त्रीलाई दुवै संगठनका प्रमुखले दिएको जवाफ भने यस्तो थिएन, ‘संगठनले दिने फायरिङ तालिममा घुँडामुनि लाग्ने गरी गोली हान्ने अभ्यास नै हुँदैन ।’ सुरक्षाकर्मीलाई घुँडामुनि ताकेर गोली हान्न कहिल्यै अभ्यास गराइन्न । उनीहरुल यो जानेकै हुँदैनन् । ‘भिड नियन्त्रण तालिममा अधिकतम न्यून क्षति हुने गरी बल प्रयोग गर्ने हो । प्रशिक्षण पनि त्यही अनुसार दिन्छौं’, सशस्त्र प्रहरी बलका प्रवक्ता दिवाकर केसीले भने, ‘फायरिङ प्रशिक्षणमा टार्गेट बनाएर गोली हान्न लगाउँछौं तर त्यसमा टाउको, छाती या घुँडामुनि भन्ने हुन्न ।’ अधिकांश आन्दोलनमा गोली चल्दा मृत्यु हुनेको शरीरको संवेदनशील स्थानमै गोली लाग्ने गरेको देखिन्छ। २०४६ होस् या २०६२–०६३ को लोकतान्त्रिक आन्दोलन– गोलीले मारिने अधिकांशको टाउको या छातीमा लागेको थियो। पहिलो मधेस आन्दोलनको अवस्थासमेत भिन्न थिएन। तर किन टाउकोमै मात्र गोली हानिन्छ भन्ने विषयले बहस पाएन। २०७२ असोजमा मधेसकेन्द्रित दलको सहभागिताबिनै संविधान जारी गरेको विरोधमा काठमाडौं र मधेसमा आन्दोलन सुरु भयो। राजधानीको नयाँबानेश्वर केन्द्रित आन्दोलनमा अश्रुग्यास र पानीको फोहरा प्रयोग भइरहेका थिए। मधेसमा गोली चलिरहेको थियो। त्यही दिनबाट घुँडामुनि गोली हान्ने स्थानीय प्रशासन ऐनको प्रावधान चर्चामा आयो। मधेसमा सुरक्षकर्मीले बढी बल प्रयोग गर्ने गरेको पुष्ट्याइँका लागि मधेस आन्दोलनमा सुरक्षाकर्मीको बल प्रयोगको प्रकृति र मानवीय क्षति अनि काठमाडौंमा बल प्रयोगको प्रकृतिलाई मानवीय क्षतिको विवरणलाई प्रस्तुत गरियो। दोस्रो मधेस आन्दोलनमा ५० जनाभन्दा बढीको ज्यान गएसँगै सुरक्षा संगठनले भिड नियन्त्रण विधिको तालिममा सुधार प्रारम्भ गरेका थिए। राजविराजको झडपमा पुनः पाँच जनाको ज्यान गएपछि पुरानै प्रश्न उठ्यो, \'सुरक्षाकर्मी कानुनअनुसार किन घुँडामुनि गोली हान्दैनन् ?\' नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल प्रहरीलाई मात्र दोष लगाउनुभन्दा उनीहरुलाई राज्यले साधनस्रोत र दक्ष बनाउन गरेको लगानीसमेत हेर्नुपर्ने बताउँछन्। \'प्रहरीले टाउकोमा गोली हान्यो भनेर आलोचना गर्दा हानेको हो कि लागेको हो, त्यो पाटो हेर्नुपर्छ,\' उनले तर्क गरे।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending