Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कांग्रेसमा गच्छदार भित्र्याउने तयारी

\"\"काठमाडौं, ५ चैत । सत्तारुढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरुले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा भित्र्याउन छलफल अघि बढाएका छन् । आजको राजधानी दैनिकमा खबर छ– कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरुले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउन सके तराई मधेस र थारु बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि बढाएका हुन् । बैठकमा सहभागी नेता रामकृष्ण यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई कांग्रेसमा भित्र्याउन सके निर्वाचनका बेला थप मजबुत हुन सकिन्छ भन्ने निष्कर्ष सहभागीले सुनाएको बताए । ‘गच्छदारलाई कांग्रेसमा भित्र्याउन सके निर्वाचनका बेला थप मजबुत हुन सकिन्छ भन्नेमा सबैको एकमत रह्यो,’ यादवले भने । बैठकमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले पनि कांग्रेसका पुराना नेता तथा प्रजातान्त्रिक विचार बोक्ने नेताका हैसियतले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई कांग्रेसले उचित सम्मानसहित भित्र्याउन सके निर्वाचनमा कांग्रेसको माहोल निकै राम्रो हुने निष्कर्षसहितको नेतृत्वले ध्यान दिनुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बुढाथोकीले गच्छदारलाई सके कांग्रेसमै ल्याउने, त्यो सम्भव नभएको अवस्थामा चुनावी गठबन्धन बनाएर पनि लैजान सुझाव दिए । ‘गच्छदारजीलाई पार्टीमा ल्याउने हो भने एक नम्बर प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिरहासम्म कांग्रेसलाई फाइदा पुग्छ,’ मन्त्री बुढाथोकीको भनाई उद्धृत गर्दै एक नेताले भने । अर्का सांसद सञ्जय गौतमले गच्छादारलाई कांग्रेसमा ल्याउँदा पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कांग्रेसलाई निकै ठूलो बल पुग्ने बताएका थिए । उनले बर्दियामा मात्र ३० प्रतिशत बढी थारु समुदाय रहेको भन्दै लोकतान्त्रिक अध्यक्ष गच्छदारलाई कांग्रेसमा मिलाउन प्रस्ताव गरेका थिए । उनलीहरुले फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारसँग यस विषयमा व्यक्तिगत कुराकानी भइरहेको भन्दै संस्थागत गर्न नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending