Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

मोरङमा गोली हानी सासु बुहारीको हत्या

\"\"काठमाडाैं, ५ चैत । मोरङको कटहरी-१ मा शुक्रबार अपरान्ह अज्ञात समूहले एक व्यापारिक घरनाका सासु बुहारीको हत्या गरेर घरमा लुटपाट मच्चाएको छ । डाँका समूहले गोली प्रहार गरेर सासू ४५ वर्षीया दीपा निरौला (डाँगा) र बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा) को हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए । उनले दुबै जनाको हत्या गरेपछि घरमा लुटपाट मच्चाएर डाँका समूह फरार भएको हुन सक्ने बताए । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– घटनामा संलग्नको पहिचान हुन नसकेको उनले बताए । एसपी भण्डारीले घटनामा संलग्नलाई पक्राउ गर्नका लागि सबै नाका सिल गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको जनाए । घटना भएका बेला घरमा सासू, बुहारी मात्र थिए । अस्मिताको टाउको र दीपाको शरीरमा गोली लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दुई जनाको शव घरको भिन्दा भिन्दै कोठामा फेला परेको थियो । दुबै कोठामा रगतको आहाल थियो । घटनास्थल विराटनगरको हाटखोलाबाट लगभग दुई सय मिटर पूर्वमा पर्छ । घटनास्थल दिनभर व्यस्त रहने रंगेली-विराटनगर सडक खण्डबाट लगभग ५० मिटर दक्षिणमा छ । दीपाका पति एवं अस्मिताका ससूरा इन्द्रचन डाँगा धान व्यापारी हुन् । उनी मोरङको कर्सियामा धानको व्यापार गर्छन । आफ्नो पहिचान खुल्ने डरले हत्यापछि लुटपाट गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका बारेमा साढे चार बजे प्रहरीले जानकारी पाएको थियो । घरमा काम गर्न बसेकी ११ वर्षीय ज्योति शर्माले घटना थाहा पाएर इन्द्रचनलाई खवर गरेकी थिइन ।\'म स्कुलबाट फर्किएर घरमा पसेकी थिएँ,\' ज्योतिले भनिन्,\'भिन्दा भिन्दै कोठामा दुई जनालाई मारेको देखेपछि रुँदैरुँदै अंकललाई भनेपछि उहाँले प्रहरीलाई खवर गर्नु भयो ।\' उनले भनिन्,\'म स्कुलबाट फर्किएर घर भित्र पस्दा वरपर कोही पनि थिएनन् । घरको भिन्दा भिन्दै कोठा भित्र लास मात्र थियो ।\' इन्द्रचनले आफ्नो कसैसँग केही रिसिईवी नभएको बताए । प्रहरी घटनास्थलमा पुग्दा घरको मुल ढोका भित्रैबाट लगाइएको र पछाडिको ढोका खुल्ला थियो । घटनापछि डाँका समूह घरको पछाडि पट्टीको ढोकाबाट भागेको हुन सक्ने प्रहरीले जनाएको छ । घरको कोठामा रहेकासामानहरु यत्रतत्र छरपस्ट थिए । दराज पनि खुल्ला थियो । घटनाको जानकारी पाएपछि घटनास्थलमासर्वसाधारणको भीड लागेको थियो । दिनदहाडै घटना भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रहरीले कति धनमाल लुटपाट भयो भन्ने बारेमा यकीन भइ नसकेको बताएको छ । घटनास्थलबाट प्रहरीले गोलीको खोका बरामद गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE