Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रहरीबाटै व्यवसायीको अपहरण : दुई सइसहित चार पक्राउ

\"\"काठमाडौं, ४ चैत । प्रहरीका दुई अधिकृतले नै दुई महिनाअघि मेनपावर व्यवसायीको अपहरण गरी करिब डेढ करोड फिरौतीको कागज गरेर रिहा गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी नायब निरीक्षक (सइ)द्वय सम्बत लामा र सूर्यबहादुर थापाले अन्य दुई व्यक्तिसँग मिलेर मेनपावर व्यवसायी बद्री राईलाई अपहरण गरेका हुन् । दुवै सइसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– उनीहरूले गत १ माघमा धुम्बाराहीस्थित टाइगर ओभरसिजका सञ्चालक बद्री राईलाई अपहरण गरेका थिए । अपहरणमा संलग्न सइसहित काभ्रेका अर्जुन कुमार लामा र रुपन्देहीका राजकुमार गुरुङलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई अपहरण मुद्दामा कारबाही अघि बढाइएको महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्कीले बताए । तस्करीको १५ किलो सुन लुटेको र त्यसवापतको पैसा चाहिने भन्दै उनीहरुले त्यसरी अपहरण गरेको प्रहरीले जनाएको छ । दुई महिनापछि उजुरी राईलाई कोटेश्वरबाट अपहरण गरिएको थियो । उनीहरुले राइलाई दिउसो करिब १ बजे कोटेश्वरमा भेट्न बोलाएर मोटरसाइकलमा राखी गौरीगाउँस्थित बाजेको सेकुवा रेष्टुरेन्टमा पुर्या‍एका थिए । रेष्टुरेन्टकै कोठामा बन्धक बनाई उनीहरुले २ लाख ३० हजार नगद लिएका थिए । त्यस्तै २५/२५ लाखको चेक काट्न लगाउनु्का साथै चारै जनालाई थप २५/२५ लाख दिने तमसुक बनाएर छाडिदिएका थिए । घटनाको करिब २ महिनापछि गत मंगलबार मात्र मेनपावर व्यवसायी राईले उजुरी गरेका हुन् । अपराध महाशाखाका डिएसपी अजय केसीको नेतृत्वमा मंगलबादेखि सुरु भएको अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् । यसरी भयो अप्रेसन अपरहणमा परेका राईलाई अपहरणकारीको बारेमा विस्तृता थाहा थिएन । राजकुमार गुरुङको फोटो थियो । सोही फोटोका आधारमा डिएसपी केसीले खोजी सुरु गरे । बुधबार उनी लतिलपुरको भैंसेपाटीमा रहेको खुल्यो । उनी भारत जाने तयारीमा थिए । उनकै एक साथीलाई प्रहरीले प्रयोग गरी उनलाई पक्राउ गरेको हो । भारत जान लागेको थाहा पाएपछि ‘एक जना डिएसपीसाबको छोरा भारतमा हुनुहुन्छ, उहाँको लागि एउटा किताब लगिदिनुपर्यो‍’ भन्दै एक साथीमार्फत उनलाई आग्रह गरियो । एयरपोर्टमै किताब लिने सहमति भयो । डिएसपी केसीले एउटा किताब किनेर एक व्यक्तिलाई एयरपोर्टमा पठाए । किताब लिएलगत्तै उनको हातमा प्रहरीको हत्डकी लाग्यो । डिएसपी केसी उनलाई भैंसेपाटीदेखि नै पिछा गरी रहेका थिए । विमानस्थलमा पहिले नै एउटा टोली खटिसकेको थियो । पक्राउ परेलगत्तै उनले घटना स्वीकारे । काभ्रेका अर्जुन लामा नामक व्यक्तिको प्रस्तावमा उक्त अपहरण भएको उनले बताएका छन् । केही क्षणमै तामाङ पनि जडिबुटीबाट पक्राउ परे । घटनामा २ जना सईको पनि संलग्नता खुलेपछि महाशाखाले बुधबार नै आफ्ना २ सईलाई पनि नियन्त्रणमा लिएको हो । दुवै जना गौशला वृत्तमा सादा पोशाकमा काम गर्ने प्रहरी हुन् । लोभमा फसेर आफुहरुले उक्त काम गरेको उनीहरुले बताएका छन् । योजनाकार सई गुन्डागर्दीमा समेत संलग्न लामाले मेनपावार संचालक राई सुन तस्करीमा संलग्न भएको सूचना पाएका थिए । केही महिनाअघि बौद्धका फुर्पा शेर्पाले लुटेको १५ केसी सुनमा उनको पनि संलग्न रहेको सूचना पाएका थिए । सोही आधारमा उनलाई धम्काएर पैसा असुल्ने उनको योजना थियो । राजकुमारसँग उत्त प्रस्ताव ल्याएपछि उनले प्रहरीसँग मिलेर उक्त काम गर्ने योजना बनाए । गौशला वृत्तमा काम गर्ने सादा पोशाकका प्रहरीसँग उनको चिनजान थियो । सई सम्बत तामाङले पक्राउ शैलीम अपहरण गरी पैसा असुल्ने योजना बनाए । सोही योजनाअनुसार उनलाई नियन्त्रणमा लिई पैसा असुलिएको थियो । घटनाको २ महिनापछि मात्र राईले उजुरी गर्नुमा उनको पनि केही कमजोरी हुनसक्ने प्रहरी आशंका छ । स्रोतका अनुसार पक्राउ परेका २ सईले धेरै पैसा मागेपछि उनले उजुरी दिएका हुन् । अपहरणमा संलग्न गुरुङ पहिला ट्याक्सी चालक हुन् । गुन्डागर्दीमा समेत संलगन उनले पछि एयरपोर्टको ट्याक्सी चलाउन थालेका थिए । लगत्तै उनले ठमेलमा रेटुरेन्ट तथा एजुकेशन कन्सलटेन्सी समेत खोलिसकेका थिए । छोटो अवधिमा उनले अवैध तरिकाले धेरै पैसा कमाएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending