Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

भारतमा बाबुरामले भने, 'चीन र भारतलार्इ द्वन्द्वबाट जोगायाैं'

\"\"काठमाडाैं, ३ चैत ।नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षलाई हतियारबाट मतपेटिकामा ल्याएर भारत र चीनलाई द्धन्दमा तानिने खतराबाट जोगाएको खुलासा गरेका छन। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– नयाँ दिल्लीमा बुधबार आयोजित \'काउन्टर टेरोरिज्म कन्फरेन्स\'मा \'बुलेट टु व्यालेट\' बिषयमा दिएको लिखित मन्तव्यमा भट्टराईले त्यस्तो खुलासा गरेका हुन ।\'उचित समयमै माओवादी जनयुद्धको बुलेटबाट व्यालेटमा रुपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीन जस्ता दुई भीमकाय छिमेकीको वीचमा रहेको संवेदनशील भू-राजनीतिक अवस्थिति थियो। समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यो चर्कदै जाँदा छरछिमेकीलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रुप लिने खतरा थियो\' माओवादी सशस्त्र विद्रोहका एक मुख्य नेता समेत रहेका भट्टराईले भने। माओवादीले आफना बैचारिक मान्यताहरुलाई थाति राखेर परम्परागत रुपमा उदारवादी लोकतन्त्रसँग सम्बद्ध नीजि सम्पतिको संरक्षण,कानुनी राज,शक्ति पृथकीकरण जस्ता मान्यतालाई आत्मसाथ गरेको उल्लेख गर्दै भट्टराईले माओवादी र गैरमाओवादीहरु वीचको प्रतिबद्धता,समझदारी र सम्झौताहरुले दीर्घकालीन शान्ति प्रक्रिया र संविधान निर्माणको आधार निर्माण गरेको उल्लेख गरेका छन। \'यी मान्यताहरु नेपाली राजनीतिलाई बुलेटबाट व्यालेटमा संक्रमण गर्नका लागि आधारभुत मान्यता हुन\' भट्टराईले भने \'यदि द्धन्दको मूल कारणलाई सम्बोधन गरिएन भने आर्थिक सामाजिक रुपान्तरणको जनताको राजनैतिक मागलाई पूरा गरिएन भने समाजको दीगो विकास र स्थायित्व तर्फको शान्तिपूर्ण संक्रमण जोखिममा पर्न सक्छ।\' \'तपाई महासागर पार गर्न सक्नुहुन्न,जवसम्म तपाईले देखेको किनारालाई पछाडि छोडने साहस राख्नुहुन्न\' भन्ने क्रिष्टोफर कोलम्बसको भनाईबाट भट्टराइले आफनो मन्तव्य टुंग्याएका थिए। \'मैले त्यहि बुलेटमा देखिएको किनारालाई पछाडि छोडने साहस बटुल्दै विश्व समाजलाई व्यालेटको माध्यमबाट प्रगतिशिल बिश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु।त्यसैले शान्ति,समृद्धि,न्याय र समानताको वस्तुगत अवस्था सिर्जना गर्न र कसैले पनि फेरी हतियार उठाउनु नपर्ने अवस्थाको सिर्जना गर्न हातमा हात काँधमा काँध मिलाऔ\' भट्टराईले भने।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE