Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

फिल्म बनाउन ‘माइजु’को अपहरण प्रयास

\"\"काठमाडौं, ३ चैत । बलिउड अभिनेता सलमान खानको बिग बोस कार्यक्रममा काम गरेका धादिङका बिदुर पौडेल फिल्म बनाउने सपना लिएर नेपाल फर्किए । नेपाल आएपछि उनी फिल्म बनाएर रातारात हिट हुन चाहान्थे । तर पौडेलसँग फिल्म बनाउने पैसा थिएन । आजको नयाँ पत्रिकामा खबर छ– फिल्म बनाउन एक करोड लाग्ने हिसाब निस्कियो । तर, आफन्तले पैसा दिएनन् । फिल्म बनाउन पैसा नभएपछि उनले एउटा ‘मास्टरप्लान’ बनाए । गाउँकै एक साथीको मामा माइजु धनी रहेको सुनेका थिए । साथीकी माइजु प्रतिमा गिरी (अधिकारी) बालुवाटारस्थित मुकुल सहकारी संस्थाको अध्यक्ष थिइन् । साथीको माइजुसगँ पैसा असुल्ने योजना अनुरुप अपहरणको धम्कि दिएर एक करोड रुपैयाँ असुल्ने मास्टरप्लान पौडेलको थियो । भारतीय टेलिभिजन सोनीबाट प्रसारण हुने सिआइडीको फ्यान उनले सोही कार्यक्रमबाट सिकेर अपराधीक योजना बनाई एक करोड रुपैयाँ असु्ल्ने योजना बनाए । साथीहरुसँग दोस्ति बढाइ तिनै साथीहरुबाट माइजुको सम्पत्ति तथा परिवार बारे जानकारी लिए । सिआइडीमा अरुको सिमकार्ड प्रयोग गरेर अपराध गरेको देखेका थिए । उनले पनि साथीको मोबाइलको सिम चोर्ने योजना बनाए । एक दिन साथीले थाहा नपाउने गरि पर्सबाट सिम चोरी गरे । त्यसैगरि बाटोमा भेटिएको एक महिलाको नागरिकताको आधारमा उनले अर्का सिमकार्ड निकाले । नयाँ मोबाईलमा उक्त दुई सिमकार्ड राखी, सोही मोबाईलबाट प्रतीमा गिरी अधिकारीलाई धम्काउन थाले । फोन र एसएमएस मार्फत एक करोड रुपैँया नदिए दुई छोरी र श्रीमानमाथि जे पनि हुनसक्ने भन्दै धम्क्याए । एसएमएस गर्ने बित्तिकै फोन स्विच अफ गर्थे । पछिल्लो पटक धम्क्याउने व्यक्तिले पुरानो बसको साँखु जाने बस स्टेसनमा रहेको अघिल्लो बसको अन्तिम सिटमा लगेर एक करोड रुपैयाँ राखिदिनु भन्दै दिन र समय तोकेर उनलाई धम्क्याएका थिए । बारम्बार धम्की आउन थालेपछि उनले उक्त नम्बरबारे बुझ्न थालिन् । धम्की आएको नम्बर आफ्नै भान्जाको थियो, सुरुमा प्रतिमाले आफ्नै भान्जामाथि नै शंका गरेकी थिइन् । तर, उनको सिम चोरी भएको खुलेपछि उनले प्रहरिमा उजुरी दिएकी थिइन् । माहानगरीय अपराध माहाशाखाले उनकै उजुरीको आधारमा पौडेललाई तीन साता अघि नयाँ बजारबाट पक्राउ गरेको हो । मंगलबार उनी विरुद्ध अपहरण तथा शरीर बन्धक उद्योग मुद्दा दायर गरिएको माहानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीले बताए । फिल्म बनाउने धोको प्रहरीका अनुसार धम्क्याउन प्रयोग गरिएको दुबै सिम बरामद गरिएको छ । पक्राउ गरेपछि सुरुमा उनले आफूले त्यस्तो काम नगरेको बताएको र पछि अपराध स्विकारेको अपराध माहाशाखाका डिएसपी अजय केसीले बताए । आफू बदमास नभएको, तर फिल्म बनाउने आफ्नो ठूलो धोको भएकाले पैसा जम्मा गर्न त्यसरी धम्क्याउनु परेको उनले बताए । ‘फिल्म बनाएर हिट हुन्छु भन्ने उसलाई लागेको रहेछ डिएसपी केसीले बताए । आफुले सिआइडि हेरेरै सो योजना बनाएको उनले बताएका छन् । पौडेलले आफुले बिगबोसमा सहायक प्रोड्युसरका रुपमा काम गरेको बताएका छन् । फिल्म सम्बन्धी ज्ञान भएकोले उनी नेपाल आएर फिल्म बनाउने प्रयासमा लागेका थिए । आकांक्षा पूरा गर्न गलत बाटो अपनाउँदा उनी प्रहरी फन्दामा परेका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE