Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

संसद्मा मोर्चाले भन्यो–हामी अब विपक्षी भयौँ

\"\"काठमाडौं, ३ चैत । सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका मधेसी मोर्चाका नेताले बुधबारको संसद् बैठकमा अब आफूहरू विपक्षी भएको बताएका छन् । बुधबारको बैठकमा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मोर्चाआबद्ध दलहरू अबदेखि संसद्मा विपक्षी टेबुलमा बसेको घोषणा गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छ– ‘आजै (बुधबार)बाट हामी संसद्मा विपक्षी पार्टीहरूको टेबुलमा औपचारिक रूपमा बसेका छौँ,’ यादवले भने, ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ ।’ यादवले स्थानीय तहको प्रतिवेदन अपूरो रहेको र सरकारले आफूहरूसँग गरेको सहमतिको समेत पालना नभएकाले बाध्य भएर समर्थन फिर्ता लिन परेको बताएका थिए । उनले स्थानीय तहको निर्वाचन मिति घोषणा पनि संविधानविपरीत रहेको भन्दै पहिले केन्द्रीय निर्वाचन गराउन माग गरेका थिए । समाजवादी फोरमले बुझायो सभामुखलाई समर्थन फिर्ताको पत्र संघीय गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरमले सरकारको समर्थन फिर्ता लिएको पत्र सभामुखलाई बुझाएको छ । फोरमका प्रमुख सचेतक शिवजी यादवले बुधबार सभामुख ओनसरी घर्तीलाई पत्र बुझाएका हुन् । पत्रमा दलका नेता अशोक राईले हस्ताक्षर गरेका छन् । संसद्मा संघीय समाजवादी फोरमका १५ सांसद छन् । मधेसी मोर्चामा आबद्ध अन्य दलले पनि छुट्टाछुट्टै रूपमा सरकारको समर्थन फिर्ता लिएको पत्र सभामुखलाई बुझाउने यादवले बताए । उनले भने, ‘मोर्चामा आबद्ध सबै दलहरूले छुट्टाछुट्टै समर्थन फिर्ता लिएको पत्र सभामुखलाई बुझाउनुहुन्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE