Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एक वर्षको नाफा ६ महिनामै

\"\"काठमाडौं, ३ चैत । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विगत एक वर्षको भन्दा बढी नाफा कमाएका छन् । आर्थिक वर्ष २०७०/७१ मा १९ अर्ब १६ करोड ९५ लाख नाफा कमाएका वाणिज्य बैंकहरूले चालू आवको पहिलो ६ महिनामा २० अर्ब ८४ करोड ५५ लाख नाफा कमाएका छन् । यस वर्ष ‘क\' वर्गका बैंकले कमाएको नाफा गएको वर्षको सोही अवधिको भन्दा ४१ प्रतिशतले बढी हो । गएको वर्ष पहिलो ६ महिनामा वाणिज्य बैंकहरूले १४ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ– भूकम्प र नकाबन्दीका कारण अधिक तरलता खेपीरहेका बैंकहरूले त्यसपछिका दिनमा लगानी बढाउँदा नाफा बढ्न थालेको हो । वित्तीय क्षेत्र विभिन्न व्यवसायमध्ये पारदर्शी र नियामक निकायको निर्देशनमा रहेर कार्य सम्पादन गर्ने क्षेत्र भएकाले पनि यसको प्रभाव राम्रो देखिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाह बताउँछन् । वित्तीय क्षेत्रको नाफा बढ्नुको श्रेय राम्रो र क्षमतावान जनशक्तिमा जाने अध्यक्ष शाहले बताए । ‘बर्सेनि नाफा बढ्दै जानु यस क्षेत्रका लागि सकरात्मक र आम जनताको विश्वास जित्दै जानु हो\', उनले भने । ‘बैंकले मात्र नाफा बढाएर नहुने बैंकसँगसँगै अन्य सबै क्षेत्रले नाफा बढाएमा मात्र नेपालले दिगो आर्थिक वृद्धिदर हासिल गर्न सक्ने शाहले बताए । ‘नेपाल विकासशील देश बन्न पनि बैंक तथा वित्तीय क्षेत्रले मात्र नाफा बढाएर हुँदैन\', उनले भने । लगानी भएका हरेक क्षेत्रबाट राम्रो प्रतिफल आउनुपर्ने उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय लगानीका क्षेत्र विस्तार हुँदै जानुले पनि नाफा बढ्न सहयोग पुगेको हो । कृषि, ऊर्जा, उत्पादनमूलक, हायर पर्चेज, घरजग्गा, अटोलगायतका कर्जा बढ्दै गएको छ । छोटो समयमा पुँजी परिचालन भइरहेकोे छ । त्यस कारणले पनि नाफा बढेको सम्बन्ध क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् । आर्थिक वर्ष २०६८/६९ मा १५ अर्ब १० करोड १९ लाख नाफा कमाएका बैंकहरूले गएको वर्ष २०७२/७३ सम्म आइपुग्दा १४२ प्रतिशतभन्दा बढीले नाफा वृद्धि गरेका छन् । गएको वर्ष वाणिज्य बैंकहरूले ३६ अर्ब ५७ करोड ४६ लाख नाफा कमाएका थिए । बढ्दो महँगीको सकारात्मक असर बैंकको नाफामा देखिएको छ । भारतको अघोषित नाकाबन्दीको समयमा बढेको बजार भाउ नाकाबन्दी खुलेपछि पनि नियन्त्रण नहुँदा बैंकहरूको नाफा उच्च भएको हो । व्यापारमा गएको कर्जाकै कारण बैंकको नाफा उच्च भएको बैंकर्स बताउँछन् । अन्य क्षेत्रको कर्जाभन्दा व्यापारको कर्जाबाट बढी नाफा कमाउन सकिन्छ । किनकि यस्तो कर्जा छोटो अवधिको हुन्छ । यसले गर्दा पुँजी घुमिरहेने र यस्तो पुँजीले बढी नाफा दिने बंैकर्सले बताएका छन् । पोहोर, परार बैंक अधिक तरलताको अवस्थामा थियो । उद्योग क्षेत्रमा पूर्वाधार निर्माण हुन नसक्दा औद्योगिक क्षेत्रमा पनि लगानी खासै सकेको थिएन । राजनीतिक अस्थिरता, मजदुर समस्यालगायतका कारण उद्योग पनि पूर्णक्षमतामा सञ्चालन हुन सकेका थिएन । पछिल्लो समय लगानीका नयाँ क्षेत्रमा समेत बैंकले योजना ल्याएर लगानीका छन् । उत्पादनमूलक क्षेत्रमा खासै बैंकहरूले लगानी गर्न नसक्दा नाकाबन्दीको समयमा वीरगन्ज नाका प्रभावित भए पनि अन्य नाकाको व्यापार अझ बढेको थियो । नाकाबन्दी हटेपछि त्यहाँ रोकिएका सामान पनि एकै पटक आएका कारण व्यापार कर्जाले बैंकको नाफा बढाएको देखिन्छ । सामान्य अवस्थामा उधारोमा सामान बिक्री गर्ने व्यापारीले पनि नाकाबन्दीको समयमा नगदमा कारोबार गरेका र सोही कारण अल्पकालीन कर्जाको बढी प्रयोग हुँदा बैंकको नाफा बढेको उनको तर्क छ । त्यसो त पछिल्ला वर्ष निक्षेप तथा कर्जा बढ्दै गएको छ । बैंकहरूले अधिक तरलता भएको देखाउँदै निक्षेपमा खासै आकर्षक ब्याजदर नदिएर एकोहोरो कर्जामा मात्रै प्रडक्टअनुसार ब्याजदर बढाउँदै लगे । सोही अनुपातमा निक्षेप कर्जालाई ब्याज दिएनन् त्यसैले बैंकहरूको नाफा बढेको हो । यसका साथै नाकाबन्दीका समयमा आपूर्ति प्रणालीमा समस्या उत्पन्न भएपछि वस्तुको मूल्यमा अत्यधिक वृद्धि भई १२ प्रतिशतभन्दा माथि मूल्य वृद्धि पुगेको छ । वस्तुको मूल्य र व्यापार बढ्यो त्यो पनि नगदमै छिटोछिटो कारोबार भइराख्दा बैंकको कर्जा बढी उपभोग भएको र त्यसैका कारण बैंकको नाफा बढेको हो । व्यापारमा गएको कर्जा, भूकम्प र नाकाबन्दीका कारण समस्यामा परेका उद्योग प्रतिष्ठान तथा व्यापारिक घरानालाई गत चैत मसान्तसम्मका लागि कर्जा पुनर्तालिकीकरण गर्न राष्ट्र बैंकले दिएको सुविधा र ब्याज आम्दानी वृद्धिका कारण बैंकको नाफा बढ्न गएको हो । नाकाबन्दीको समयमा महँगी बढ्दा व्यापारमा संलग्न व्यक्ति र संस्थाले पैसा कमाएका र विगतमा ऋणको किस्ता तिर्न नसकी प्रोभिजनिङ गरिएको कर्जाको ‘राइट ब्याक\' बढेका हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending