Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एसएसबीद्वारा नेपाली हत्या प्रकरण : नेपाल प्रहरीको पेस्तोल हराएको दाबी

\"\"काठमाडौं, ३ चैत । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली भूमिमा मारिएका गोविन्द गौतमको पोस्टमार्टम र फरेन्सिक रिपोर्ट भारत सरकारले मागिरहेकै बेला नेपाल प्रहरीले अर्को एउटा रहस्योद्घाटन गरेको छ । कञ्चनपुर पुनर्वासको आनन्द बजारमा बिहीबार भएको झडपमा नेपाल प्रहरीका असईको पेस्तोल हराएको दाबी घटना भएको सात दिनपछि नेपाल प्रहरीले गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रहरीका अनुसार हराएको पेस्तोल अझै फेला परेको छैन । गत बिहीबार कञ्चनपुर पुनर्वासस्थित नेपाली भूमिमै आएर भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक गौतमलाई गोली प्रहार गर्दा भएको हुलदंगामा प्रहरी सहायक निरीक्षक माधव भट्टको पेस्तोल हराएको प्रहरीले दाबी गरेको छ । एक साताअघि भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गौतमको निधन भएपछि नेपाल सरकारले उनलाई सहिद घोषणा गरेको छ भने उनको हत्या आफ्ना सुरक्षाकर्मीबाट भएकोमा भारतीय प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । प्रहरी सहायक निरीक्षक भट्टको चाइनिज पेस्तोल दोहोरो झडपका क्रममा हराएको सुदूरपश्चिम क्षेत्रका डीआईजी रोमिन्द्र देउजाले बताए । पेस्तोलमा ७ राउन्ड गोली भरिएको म्यागेजिन लोडेड रहेको डीआईजी देउजाको भनाइ छ । ‘हुलदंगाका क्रममा असई भट्टको पेस्तोल हराएको छ, त्यसमा सात राउन्ड लोडेड म्यागेजिन थियो, त्यसको खोजबिन भइरहेको छ\', डीआईजी देउजाले भने । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा दरबन्दी भई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा कार्यरत भट्टको पेस्तोल झडपका क्रममा हराएको दाबी गरिएको हो । क्षेत्रीय प्रहरी कार्यालय दिपायलले पेस्तोल हराएको भन्दै असई भट्टमाथि अनुसन्धान सुरु गरेको छ । घटनाको दिन भारतीय सुरक्षाकर्मीले सात राउन्ड फायर गरेको थियो जसमध्ये एक गोली नेपाली नागरिक गोविन्द गौतमलाई लागेको थियो । घटना भएको भोलिपल्ट भारतको लखिमपुर जिल्लाका जिल्लाधिकारी आकाश द्वीपले गौरीफन्टामा नेपाली मिडियालाई प्रतिक्रिया दिँदै घटनामा भारतीय प्रहरीले फायर नखोलेको तर नेपाल प्रहरीको हतियार ‘मिसिङ\' भएको बताएका थिए । उनले नेपाल प्रहरीले गोली चलाएको दाबी गरेका थिए । आनन्द बजार आसपासको ५६ किलोमिटर भारतीय सीमा क्षेत्रको जिम्मा पाएका भारतीय सीमा सुरक्षा बल एसएसबीको ४९ बटालियनका कमान्डेन्ट दिलबाग सिंहले पनि घटनाको दिन भारतीय सुरक्षाकर्मीले फायर नखोलेको दाबी गरेका छन् । ‘हाम्रो तर्फबाट कुनै फायर भएको छैन, नेपाल प्रहरीको हतियार हराएको खबर आएको छ, तपाईंको देशमा धेरै मानिसले हतियार चलाउन जानेका छन्, नेपाल प्रहरीको हतियार कसैको हातमा परेर, तिनीहरूले नै चलाए कि ? \' कमान्डेन्ट दिलबाग सिंहले भने । हतियार हराएको सात दिनसम्म पनि खोजबिनका लागि नेपाल प्रहरीले कुनै समिति गठन गरेको छैन । ‘छिट्टै हतियार खोज्न समिति गठन हुनेछ\', डीआईजी देउजाले भने । उनले सुरुमा कञ्चनपुरको तनाव, त्यसपछि एमालेको मेची-महाकाली अभियानका लागि सुरक्षा व्यस्थापनका कारण छानबिन समिति गठन हुन नसकेको बताए । गौतमको सेती अञ्चल अस्पतालमा पोस्टमार्टम गरिएको थियो । सेती अञ्चल अस्पतालका दुई दर्जन चिकित्सक टोली गौतमको पोस्टमार्टममा खटिएको थियो तर चिकित्सकले पोस्टमार्टन रिपोर्टबारे केही बोल्न नमिल्ने जनाएका छन् । ‘यो कानुनी घटना भएकाले हामीले केही बोल्न मिल्दैन, प्रशासनलाई सोध्दा हुन्छ\', सेती अञ्चल अस्पतालका प्रमुख डा.अशोक श्रीपाइलीले भने । डीआईजी देउजाले गौतमको पेटमा पूरै बुलेट नभेटिएर बुलेटको टुक्रा मात्रै भेटिएको र त्यसको जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रतिक्रिया दिए । उनले हुलदंगामा यसरी हतियार हराउन सक्ने उल्लेख गर्दै असई भट्टको गल्ती भए कारबाही गरिने प्रतिक्रिया दिए । ‘असई भट्टलाई पनि हुलदंगामा ढुंगा र इँटाले लागेको छ, उनी लडेपछि पेस्तोल गायव भएको छ, हुलदंगामा यस्ता घटना हुन्छन्, हामी छानबिन गरिरहेका छौं । भट्टको गल्ती भए कारबाही हुन्छ\', डीआईजी देउजाले भने । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले भने बुधबार पनि प्रहरीको हतियार हराएको घटनाबारे अनभिज्ञता प्रकट गरे । ‘हामीलाई त्यसको जानकारी आएको छैन\', उनले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending