Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कञ्चनपुर गोलीकाण्ड : गल्ती स्विकार्न भारतलाई आग्रह

\"\"काठमाडौं, ३ चैत । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्बासका गोविन्द गौतम मारिएको घट्नमा गल्ती स्वीकार (रिग्रेट) गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् । आजको कान्तिपुरमा खबर छ– प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसंगको भेटवार्ताका क्रममा निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारलाई यसमा ‘रिग्रेट गर्न आग्रह’ गरेका हुन् । आतंकवाद सम्वन्धी एक सम्मेलनमा भाग लिन आएका निधी यतिवेला भारतीय अधिकारी तथा नेताहरुसंगको भेटघाटमा व्यस्त छन् । उनले नेपालको अनुसन्धानले गोली भारतिय सुरक्षाकर्मीबाट नै चलेको देखिएको डोभललाई जानकारी गराएका थिए । प्रत्युत्तरमा डोभलले घटना दुस्खदायी भएको बताएका थिए । ‘हाम्रो अनुसन्धानले गोली भारतीय पक्षबाट नै चलेको देखाएको छ । त्यसमा भारतीय पक्षले रिग्रेट गर्नुपर्छ भनेको छु,’ भेटघाटपछि निधीले भने । निधिले भारतिय पक्षले मागे अनुसार गौतमको पोष्टमार्टम रिपोर्ट उनीहरुलाई उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताए । ‘हामीले गृह र परराष्ट्र हुँदै रिपोर्ट भारतलाई पठाउने प्रक्रिया सुरु गरिसकेका छौ,’ उनले भने । निधिले आफू नयाँ दिल्लीमा हुँदै पोस्टमार्टम रिपोर्ट भारतलाई दिन लागिपरेका उनले बताए । भारतले भने घटनाको अनुसन्धानपछि मात्र केही भन्न सकिने वताएको छ । भारतले यस अघि नै घट्नाबारे आफ्नो तर्फबाट छानबिन शुरु भएको वताएको थियो । निधि र डोभलबीचमा दुई देशको सीमामा रहेका समस्या समाधान गर्ने विषयमा समेत कुराकानी भएको थियो । निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसंग भेटघाट गर्ने तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत भेटघाट गर्ने भनिए पनि समय तय भईसकेको छैन् । निधीको भ्रमणलाई नेपाल र भारत दुवैतर्फका अधिकारीहरूले एक अर्काको राय वुझने अवसरका रुपमा उपयोग गरिरहेको स्रोतले जनायो । भारतले मधेशवादी दलहरुको माग र निर्वाचनबारे सरकारको धारणा बुझ्न चाहेको छ । मधेशवादी दलहरुका माग सम्वोधन गरेरमात्र निर्वाचनमा जान उसको आग्रह छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending