Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अदालतमा अड्कियो देश

\"\"काठमाडौं, २ चैत । अाजको नयाँ पत्रिकामा खबर छ– १. महिना दिनसम्म आइजिपीको टुंगो छैन देश स्थानीय तहको निर्वाचनमा होमिएको छ । तर, नेपाल प्रहरी अन्तरिम नेतृत्वमा छ । आइजिपी को हुने भन्ने विषय एक महिनादेखि अदालतमा अड्किएको छ । जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय यथास्थितिमा राख्न प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आदेश दिएको थियो, इजलासमा दुवै पक्षबीच चार दिनसम्म बहस भएपछि पनि वारपार गर्ने तहमा अदालत पुगेको छैन । डाक्टर एआइजीलाई कामु दिएको एकमहिने म्याद बुधबार सकिँदै छ । तर, अदालतले बल्ल बिहीबारदेखि सुनुवाइ गर्दै छ । २. निर्वाचन घोषणापछि मात्रै पक्षमा फैसला गत २१ वैशाखमा अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहितले तत्काल स्थानीय तह या निकायको निर्वाचन घोषणाका लागि सरकारलाई परमादेश दिन माग गर्दै रिट दायर गरेका थिए । गम्भीर संवैधानिक विवाद भन्दै सर्वोच्चले ‘एमिकस क्युरी’ नै झिकाएर बहसमार्फत सुझाब लियो । अग्राधिकार (पहिलो प्राथमिकता) दिइएको भनिए पनि १० महिनापछि गत ९ फागुनमा सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेपछि ११ फागुनमा मात्रै तहकै निर्वाचन गर्नुपर्ने भन्दै सर्वोच्च अदालतको आदेश आयो । ३. अदालतको अलमलले स्ववियु निर्वाचन अपूरो त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनमा उम्मेदवारका लागि २८ वर्षे उमेर हदबन्दी लगाएपछि हटाउन अन्तरिम आदेशको माग गर्दै गत १९ माघमा नेपाल ल क्याम्पसका विद्यार्थीले सर्वोच्चमा रिट निवेदन दायर गरे । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएमा उम्मेदवार बन्न पाइन्छ भन्ने आशामा २८ वर्ष कटेका विद्यार्थी नेताहरूले योजनाबद्ध रूपमा १४ फागुनको निर्वाचनलाई अवरोध गरे । अदालतले १३ फागुनमा मात्र सुनुवाइ गर्यो‍ । तर, अन्तिम फैसला दिएन । त्यसैले धेरैजसो ठूला क्याम्पसमा निर्वाचन हुन सकेन । ४. आइजिपी रिटायर्ड भएपछि मात्रै मुद्दा पेसीमा तीन वर्षअघि तत्कालीन डिआइजी पार्वती थापामगरले आफूभन्दा ‘जुनियर’ डिआइजी उपेन्द्रकान्त अर्याललाई एआइजीमा बढुवा गरेको दाबीसहित सर्वोच्चमा रिट दायर गरिन् । अदालतले दुवै पक्षलाई सुनुुवाइका लागि बोलाए पनि आदेश नदिएपछि एआइजी बढुवा भएको दुई सातामै अर्याल आइजिपीमा नियुक्त भए । फेरि निर्णय रोक्न माग गर्दै रिट प¥यो, तर पेसी सरेको–स¥यै हुँदा फैसला भएन । तीनवर्षे कार्यकाल पूरा गरी अर्याल फागुन अन्तिम साता रिटायर्ड भइसके, तर मुद्दाको पेसी भने आगामी ७ चैतका लागि तोकिएको छ । १३ किमि सडकमा ६ वटा अन्तरिम आदेश त्रिपुरेश्वर–कलंकी–नागढुंगाको निर्माण ठप्प काठमाडौं सडक विस्तार आयोजनाले त्रिपुरेश्वर–कलंकी–नागढुंगा (१३.४ किमि) सडक विस्तार गर्न ११ मिटर दायाँबायाँभित्र पर्ने संरचना भत्काउन थालेपछि छुट्टाछुट्टै ठाउँका बासिन्दाले सर्वोच्चमा ६ वटा रिट हाले । ६ वटै अन्तरिम आदेश आएपछि निर्माण ठप्प छ । चाबहिल–जोरपाटी–साँखु सडकमा पनि आदेश काठमाडौं सडक विस्तार आयोजनाले ११–११ मिटर दायाँबायाँभित्र पर्ने संरचना भत्काउन थालेपछि डाँछीका बासिन्दाले समिति गठन गरेर सर्वोच्चमा मुद्दा हाले । अदालतले तत्काल निर्माण रोक्न आदेश दिएपछि ९५ करोडको आयोजना ठप्प छ । चोभार–दक्षिणकाली सडकमा पनि अदालत भारतीय एक्जिम बैंकको सहयोगमा चोभार–दक्षिणकाली सडकखण्ड निर्माणाधीन छ । यस क्रममा स्थानीयले सर्वोच्चमा मुद्दा हाले । सर्वोच्चले आदेश दियो, ‘सडक विस्तारको काम तत्काल रोक्नू ।’ आदेशपछि निर्माण कार्य पनि रोकिने भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending