Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

चिया क्षेत्रमा सरकारले चासो नदिएको उद्यमीको गुनासो

\"\"इलाम, ३० फागुन । इलामका चिया उद्यमीले चिया क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले चासो नदिएको गुनासो गरेका छन् । सरकारले चिया क्षेत्रलाई प्राथमिकतामा नराखेको र अर्यानिक चियालाई बाहिर निर्यात गर्दा समेत उचित मूल्य नपाइएको गुनासो गरेका हुन् । “हामीले राम्रो र गुणस्तरीय चिया उत्पादन गरे पनि सही मूल्याङ्कन गरिएन” फिक्कलस्थित गोर्खा टिस्टेटका प्रबन्धक उदय चापागाईले भन्नुभयोे “पटकपटक सरकारलाई चियाको उचित मूल्य तोक्न आग्रह गरे पनि सुनुवाइ भएन ।” चापागाईले जिल्लामा आफूहरूले अर्यानिक चिया उत्पादन गरे पनि अन्य चियाकै मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको बताए । किसानको हरियो पत्तीलाई उचित मूल्य दिएर चिया निर्यातमा सरकारले चासो व्यक्त गरेर किसान र उद्योगीको हकमा नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ । अर्यानिक प्रमाणीकरण भएका उद्योगलाई विदेश निर्यात गरेबापत दिइने दुईदेखि चार प्रतिशतसम्म प्रोत्साहन रकम चिया ऐनमा व्यवस्था गरिएको छ । यस्तै इलाम साँखेजुङस्थित हिमालयन साङ्ग्रिला चिया उद्योगका सञ्चालक रामचन्द्र ९आरसी० नेपालले सरकारले चिया क्षेत्रलाई प्राथमिकतामा नराखेका कारण बहुसङ्ख्यक किसान कम मूल्यमा हरियो पत्ती बेच्न बाध्य भइरहेको बताए । “किसानले उत्पादन गरेको चियाको उचित मूल्य हुनुपर्छ” उनले भने “किसान तथा उद्यमीले चिया खेती गर्छन् तर त्यसको बजार भने सीमित मात्र भएकाले मूल्य कम पाउँछन् ।” उद्यमी नेपालले सरकारले भारतमुखी बजारभन्दा पनि अन्य देशमा चिया बेच्ने वातावरण बनाउनु पर्ने बताउनुभयो । सरकारले अर्यानिक चियालाई भन्सार छुट गर्नुपर्ने, उद्योगलाई विद्युत् भार कटौतीमुक्त गर्नुपर्ने जस्ता कार्य गरेको खण्डमा मात्र चिया क्षेत्र विकास भएर जाने चिया उद्यमीको भनाइ छ । उहाँको उद्योग गोर्खा टि–स्टेटमा अर्यानिक चिया उत्पादनमा प्रमाणित भएका ६०० किसान र ३०० किसान उत्पादनलाई अर्यानिक प्रमाणीकरण गराउने प्रक्रियामा छन् । केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहाल किसानले राम्रो र गुणस्तरीय चिया उत्पादन गरेमा उचित मूल्य पाउन सक्ने बताए । “राम्रो र गुणस्तरीय चिया उत्पादन गरे अहिले पनि चियाको बजार राम्रो छ । किसान–उद्योगीले उत्पादनको गुणस्तर सुधारमा ध्यान नदिँदा कम मूल्य मात्र पाएका हुन् ।” देशमा निजी क्षेत्रका उद्योग धेरै भएका कारण पनि सरकारले चियाको उचित मूल्य तोक्न नसकेको दाहालको भनाइ छ । “चिया उद्योग बढीजसो निजी लगानीमा चलेका छन् । उनीहरुले हरियो पत्तीको मूल्य किसानलाई कति दिन सक्छन् भन्ने थाहा नपाउँदा पनि सरकारलाई काम गर्न समस्या भएको हुनसक्छ” उनले भने । इलाममा ३० हजार हाराहारी साना ठूला चिया किसान रहेको र गत वर्ष ६५ लाख किलोग्राम चिया उत्पादन भएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE