Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कांग्रेसमा गच्छदार आतंक

\"\"काठमाडौं, ३० फागुन । मधेसी मोर्चाले संविधान संशोधनमा अड्डी कसेपछि प्रधानमन्त्री प्रचण्ड सकसमा छन् । आफ्नै नेतृत्वमा स्थानीय तहको निर्वाचन गराउन कस्सिएका प्रचण्ड मोर्चाले संविधान संशोधनलाई बटमलाइन बनाएपछि कुनै पनि मूल्यमा संविधान संशोधन गराउने रणनीतिमा छन् । साँघु साप्ताहिकमा खबर छ– यही रणनीतिअनुसार प्रचण्डले २०७३ फागुन २६ गते बिहीबार मात्रै संघीयताविरोधी राप्रपा अध्यक्ष कमल थापालाई त्यही संघीयता कार्यान्वयन गराउने दायित्व बोकेको मन्त्रिपरिष्द्मा सुनपानी छर्केर भित्र्याए । प्रचण्डले सदाबहार सत्ताका खेलाडी विजय गच्छादारलाई पनि सरकारमा सहभागि गराउँदैछन् । तर, गच्छदारको मन्त्रिपरिषद्मा छिट्टै हुन लागेको प्रवेश मौजुदा मन्त्रिपरिषद्का केही मन्त्रीहरुका निम्ति भने त्रासको विषय भएको छ । माओवादी नेता हितराज पाण्डेलाई विस्थापित गरी राप्रपा अध्यक्ष कमल थापा मन्त्रिपरिषद्मा भित्रिएको दृश्य देखेका मन्त्रीहरु हितराजकै अर्को संस्करण भइने हो कि भन्ने आसन्न भयले त्रस्त बन्न पुगेका छन् । स्रोतका अनुसार, गच्छदारले मौजुदा मन्त्रिपरिषद्मा दोस्रो वरियताका साथै मालदार मानिने भौतिक योजना तथा निर्माण मन्त्रालय मागेका छन् । गच्छदारले दोस्रो वरियतासँगै मालदार मन्त्रालय मागेपछि सत्ता गठबन्धन दलसँग प्रचण्डले छलफल गरिरहेका छन् । तर, गच्छदारले कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्रका साथै सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्मा सहभागी रमेश लेखकको पद ताकेपछि देउवासँगै प्रचण्डसमेत अप्ठ्यारोमा छन् । ‘गच्छदारले भौतिक योजना तथा निर्माण मन्त्रालय मागेपछि रमेश लेखक विस्थापित हुने सम्भावना बढेको छ,’ स्रोतले भन्यो, ‘त्यसैले लेखक देउवालगायतसँग मन्त्री पदका लागि अनुनय गरिरहेका छन् ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending