Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

ओलीले भने– नयाँ शक्ति भ्रष्ट बुद्धिजीवीहरुको संस्था

\"\" भैरहवा, २९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति भ्रष्ट बुद्धिजीवीहरुको संस्था भएको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई चुनाव लडेको क्षेत्र रुपन्देहीको भैरहवामै पुगेर ओलीले नयाँ शक्ति पार्टीलाई भ्रष्ट बुद्धिजीवीहरुको संस्था भएको आरोप लगाएका हुन् । एमालेको मेची–महाकाली अभियानअन्तर्गत रुपन्देहीको भैरहवास्थित अञ्चलपुरमा आयोजित सभामा बोल्दै ओलीले नयाँ शक्तिप्रति तिखो टिप्पणी गरेका हुन् । भट्टराईप्रति इंगित गर्दै ओलीले अरुको दानापानी खाएर आफूहरुविरुद्ध बोलेको टिप्पणी गरे । ‘मोर्चाका नेताहरु एमालेलाई तराई पस्न नदिने भन्छन्,’ ओलीले भने, ‘नयाँ शक्ति नामक भ्रष्ट बुद्धिजीवीहरुको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरु यस्तो गर्दैछन् ? नेपाल देशव्यापी छ, नेपालीव्यापी छ ।’ ओलील आफूहरुलाई कुनै ठाउँमा जानबाट कसैले रोक्न नसक्ने दाबी गरे । फागुन २१गतेदेखि झापाबाट शुरु भएको एमाले अभियान सप्तरी घटनापछि २ नम्बर प्रदेश छाडेर ३ नम्बरबाट अभियान पुनः सञ्चालन गरेको हो । एमाले अध्यक्ष ओलीले सरकारविरुद्ध पनि आक्रामक अभिब्यक्ति दिए । काम गर्ने हिम्मत नभए सरकार छाड्न पनि उनले चेतावनी दिए । उनले वर्तमान काग्रेस माओवादी गठबन्धनको सरकार नेपाल र नेपालीको नभएको टिप्पणी गरे । उनले वर्तमान सरकारलाई देशलाई नोक्सान गर्न जडान गरिएको सरकारको संज्ञा दिए । ‘यो सरकार नेपाल र नेपालीको होइन’, उनले भने, ‘ विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरुलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ ।’ ओलीले नागरिकता सम्बन्धमा गर्न खाजिएको प्रस्तावप्रति पनि कटाक्ष गरे । उनले नागरिकता सीमामा अरु देशका मानिस जम्मा गरेर नागरिकता बाँड्न नसकिने बताए । ‘१३ जना बुहारी नेपालको सांसद हुनुहुन्छ, एक जना बुहारी त मन्त्री हुनुहुन्छ, कांग्रेसको ठूलै नेता हुनुहुन्छ, ज्वाइँहरुको त कुरै नगरौँ’, ओलीले भने, ‘नेपाली चेलीले भारतमा विहा गरेमा सात वर्ष कुर्नुपर्छ, यहाँ चाहिँ आएकै दिन नागरिकता पाइन्छ ।’ मन्त्री हुन पाँच वर्ष पनि पुग्न नपर्ने प्रस्ताव मान्नै नसकिने ओलीको भनाइ थियो । उनले संविधान संशोधन प्रस्ताव एमालेले कुनै हालतमा पारित हुन नदिने दोहोर्याए । सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजनतर्फ लैजान खोजे पनि त्यो कुनै हातमा पूरा नहुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE