Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

होलीका लागि थपिए ३ हजार प्रहरी, ४ सय ठाउँमा सुरक्षा जाँच

\"\"काठमाडौं, २९ फागुन । रङ्ग र उल्लासको पर्व होलीमा आम सर्वसाधारणको सुरक्षाका लागि प्रहरीले व्यापक सुरक्षा सतर्कता अपनाएको छ । होलीमा जथाभावी रङ्ग छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुलाई प्रहरीले कडा कार्वाही गर्ने जनाएको छ । प्रहरीले पानी छ्याप्ने, हिलो छ्याप्ने र मादकपदार्थ सेवन गर्नेहरुमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा समेत चलाउन सक्ने बताएको छ । सार्वजनिक मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । तर, यस पटक प्रहरीले २५ हजार रुपैयाँ जरिवाना तोकेको छ । काठमाडौं उपत्यकामा मात्र होलीका लागि थप तीन हजार प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ । उपत्यकाका करिब ४ सय ठाउँमा सुरक्षा जाँचको व्यवस्था गरिएको छ । सुरक्षा जाँचमा बर्दिधारी प्रहरी र ट्राफिक प्रहरी सहभागी भएका छन् । त्यसैगरी ठूलो संख्यामा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको छ । होलीमा जबरजस्ती गरे तत्काल प्रहरीको हटलाइनमा फोन गर्नसमेत प्रहरीले आग्रह गरेको छ । होलीका दिन दिउँसै मापसे चेकिङसमेत भइरहेको छ । मादक पदार्थ सेवन गरी जथाभावी सवारी साधन गुडाउनेहरुमाथि निगरानी बढाउँदै चेकिङमा कडाई गरिएको प्रहरीले जनाएको छ । होलीमा जबरजस्ती लोला हान्ने, पानी फाल्ने तथा रंग लगाई दिनेलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE