Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

पाठेघर फाल्न सीमापारि

\"\"काठमाडौं, २९ फागुन । सीमा क्षेत्रका महिलाले भारतको विभिन्न ठाउँमा गएर पाठेघरको शल्यक्रिया गर्ने गरेको पाइएको छ । नेपालमै सरकारले पाठेघरको सम्पूर्ण उपचार निःशुल्क गरिदिने व्यवस्था गरेको भए पनि उनीहरू सीमापारि पुगेर महँगो शुल्क तिरेर पाठेघरको शल्यक्रिया गराउँछन् । आजको कान्तिपुरमा खबर छ– बाराकी सीतादेवी सोनारले गाउँको स्वास्थ्य चौकीमा खुलेर आफ्नो समस्या भन्न अप्ठ्यारो लागेपछि भारतको फत्तेपुर गएर पाठेघर निकालेको बताइन् । यसका लागि उनले ३० हजार तिरिन् । भारतमा गरेको शल्यक्रियापछि स्वास्थ्यमा निकै समस्या आएपछि उनी जनस्वास्वास्थ्य कार्यालय कलैयाले चलाएको स्वास्थ्य शिविरमा पुगिन् । परीक्षण गर्दा उनको आधा मात्रै पाठेघर निकालिएको थाहा भयो । सीतादेवीले अहिले पनि स्वास्थ्य समस्या झेलिरहेकी छन् । सीतादेवी जस्तै भारत गएर पाठेघर फाल्ने अर्की पात्र हुन्– कैलारी देवी भानु । चिनजानकै व्यक्तिले भारत गएर पाठेघर जँचाउने सुझाव दिएपछि उतै गएको उनले बताइन् । नेपालमै निस्शुल्क पाठेघरको उपचार हुन्छ भन्ने आफूलाई थाहा नभएको उनले बताइन् । ‘नेपालभन्दा भारतकै अस्पताल नजिक पर्छ, त्यसैले उतै गएँ,’ उनले भनिन् । ७ सन्तानकी आमा कैलारी देवीले सुत्केरी भएका बेला प्रशस्त पोषणयुक्त खाना नपाएको बताइन् । पाठेघरको शल्यक्रियाका लागि सीमापारि जानेको संख्या ठूलो रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रोशनलाल चौधरीले बताए । ‘यता निस्शुल्क छ, सीमापारि पुगेर महँगो शुल्क तिरी–तिरी शल्यक्रिया गराउँदा रैछन्,’ चौधरीले भने । धेरै सन्तान जन्माउने महिला प्रायस् पाठेघर झर्ने समस्याले पीडित हुने गरेको जनस्वास्थ्य कार्यालय बाराकी पब्लिक हेल्थ नर्स माया शाहले बताइन् । सानो उमेरमा विवाह गर्ने, सानै उमेरमा धेरै सन्तान जन्माउने गर्दा पाठेघर झर्ने समस्याले विकराल रूप लिँदै गएको प्रमुख चौधरीले बताए । ‘सुत्केरी हुँदा पोषणयुक्त खाना खानुपर्छ, आराम गर्नुपर्छ भन्ने चेतनै छैन यहाँका महिलालाई,’ उनले भने, ‘कतिलाई थाहा छैन, कतिको परिवारले वास्ता गरेको देखिँदैन ।’ कार्यालयले गत जेठमा जबदी गाविसमा महिला स्वास्थ्य शिविरबाट पाठेघरको स्क्रिनिङ गरेको थियो । जसमा ८६ जना महिलामध्ये ६० जनामा पाठेघरको रोग देखिएको थियो । तीमध्ये १० जनाको त तुरुन्तै शल्यक्रिया गर्नुपर्ने स्थिति फेला परेको परिवार नियोजन शाखाका अधिकृत राघवेन्द्र कर्णले बताए । त्यस्तै पुरैनिया गाविसमा ५१ जना महिलाको पाठेघर जाँच गराउँदा ८ जनाको शल्यक्रिया गर्नैपर्ने अवस्था देखिएको उनले बताए । उनका अनुसार धेरै कम महिला मात्र स्वास्थ्य शिविरमा जाँचका लागि आउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE