Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कञ्चनपुर गोलीकाण्ड : नेपाली भूमि मिच्ने दाउ

\"\"काठमाडाैं, २८ फागुन । पारि भारतको बसहीकस्वा, वारि आनन्द बजार । बीचमा रहेको अलि उँचो भूभागलाई बूढापाकाले दुम्के डाँडा भन्थे । तर, पटकपटक सीमा विवादका कारण तनाव बढ्न थालेपछि स्थानीय बासिन्दाले यसको नाम ‘कारगिल डाँडा’ राखिदिए । भारतीय प्रहरीले बिहीबार नेपाली भूभागमै पसेर गोली चलाउँदा एक जनाको मृत्यु भएपछि विवाद फेरि बल्झिएको छ । अाजको कान्तिपुरमा खबर छ– ‘सीमापारिबाट दिनहुँजसो मदिरा पिउन आनन्द बजार पुग्ने भारतीय सीमा सुरक्षा बलका जवान र सर्वसाधारणले नै यो डाँडाको नाउँ कारगिल राखेका हुन्,’ स्थानीय शेरबहादुर कामीले भने, ‘गोली चलेको घटना पहिलो हो तर सामान्य तनाव र झडप १७ औं पटक देखिसकेको छु ।’ शेरबहादुरका अनुसार बसहीकस्वा र आनन्द बजारका बासिन्दाको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । ‘केही वर्षअघि विद्यालय बनाउँदा पनि उनीहरूले अवरोध गरे । दुवै देशका अधिकारीबीच सहमतिपछि मात्र विद्यालय बन्यो । एक महिनाअघि दुवै देशका अधिकारीबीच सहमति भएपछि कल्भर्ट बनाइएको हो, यही कारण तनाव बढ्दै जाँदा ३२ वर्षीय युवकले अनाहकमा ज्यान गुमाउनुपर्‍यो ।’ धनगढीदेखि २५ किमि दूरीमा रहेको आनन्द बजारमा अधिकांश जनजाति समुदायको बसोबास छ । पुनर्वास नगरपालिका ८ मा रहेको यो बजारको पारितर्फ भारतको सानो मन्डी बसही बजार छ । दैनिक उपभोगका वस्तु किन्न नेपाली त्यही बजार पुग्छन् । भारतीय नागरिक पनि आनन्द बजार आउजाउ गरिरहेका हुन्छन् । आनन्द बजारदेखि ५ सय मिटर दूरीसम्म नेपाली पक्षको जग्गाजमिन छ । त्यसपछि मात्र दशगजा आउँछ । भारतीय पक्षले भने दशगजावारिकै भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ । सीमास्तम्भै गायब पूर्वतिरको १९९ नम्बर र पश्चिमतिरको २०१ नम्बर सीमास्तम्भबीचको भूभागबारे लामो समयदेखि विवाद छ । त्यहाँ रहेको २०० नम्बर पिलर हराएको वर्षौं भइसक्यो । नेपालीले बनाएको कल्भर्टपारि २२ बिघाभन्दा बढी जग्गामा स्थानीयले कमाइ गर्दै आएका छन् । पश्चिमतिर १३ बिघा छ भने पूर्वतिर ९ बिघा जमिन नेपालीले कमाउँदै आएका छन् । कारगिल डाँडापारिको जग्गामा नेपालीको लालपुर्जा रहे पनि भारतीय पक्षले त्यो क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको स्थानीय बताउँछन् । ‘बिहीबारको घटनामा नेपाली भूमिमै आएर भारतीय सुरक्षाबलले गोली चलाएको हो,’ स्थानीय शिक्षक श्याम सुवेदीले भने, ‘कारगिल डाँडावारि र पारि दुवैतिर नेपालीको जमिन छ, जग्गाधनी प्रमाणपुर्जासमेत छ ।’ उनका अनुसार बुधबार राति भारतीय प्रहरीले नेपाली बजारमा आई शम्भु गुरुङको पसल तोडफोड गरे, सामान लगे । ‘त्यहाँबाट फर्कंदा उनीहरूले नेपालीले बनाएको कल्भर्ट तोड्ने प्रयास गरेपछि तनाव बढै गयो,’ सुवेदीले भने, ‘बिहीबार बिहान दर्जनौंपटक हवाई फायर गरे, पारिबाट ताकेर गोली नै हाने ।’ अर्का प्रत्यक्षदर्शी जयबहादुर विकले भारतीय प्रहरीले नै गोली चलाएको बताए । ‘नेपाली पक्षबाट प्रहार भएको ढुंगा पारिपट्टि प्रहरी निरीक्षकको टाउकामा लागेपछि उताबाट गोली चलेको हो,’ उनले भने, ‘अहिले भारतीय पक्षले आफ्ना तर्फबाट गोली नचलेको बताएको छ जो सरासर झूटो हो ।’ घटनापछि नेपाल र भारतका सीमावर्ती अधिकारीबीच भएको पाँचबुँदे सहमतिप्रति स्थानीय आक्रोशित छन् । जिल्लाका प्रशासनिक र सुरक्षा निकाय प्रमुखहरूले घटनाको वास्तविकता बुझ्न नसकेको, समयमै सुरक्षाकर्मी परिचालन नगरेको उनीहरूको गुनासो छ । यसैकारण शुक्रबार दिनभरि पनि आनन्द बजार क्षेत्र तनावग्रस्त रह्यो । हालको पुनर्वास क्षेत्र भनेर चिनिने तत्कालीन त्रिभुवनबस्ती, परासन, कालिका र बाइसीबिचवा गाविस जोडेर गत वर्ष नगरपालिका बनेको हो । यहाँका रैथाने रानाथारू समुदाय हुन् । २०२८ पछि देशका विभिन्न भेगबाट बसाइँ सरेर आउने क्रम सुरु भएसँगै पुनर्वास बजार घना हुन पुग्यो । ‘यहाँ भारतका असम, मेघालय अनि भुटान र बर्माजस्ता प्रवासबाट फर्केका नेपालीको पनि बसोवास छ,’ नगरपालिकाका स्थिर घिमिरेले बताए । पटकपटक सीमा विवाद २०६२ साल जेठमा सीमाक्षेत्रमा रहेको राष्ट्रिय मावि परिसरमा भारतले स्तम्भ बनाएपछि ठूलो आन्दोलन चर्केको स्थानीय दीपेन्द्र बस्नेत बताउँछन् । ‘स्थानीय बासिन्दासँगै जिल्ला सदरमुकामबाट ठूलो संख्यामा आएका अगुवाको पहलमा त्यो स्तम्भ भत्काइएको हो,’ उनले भने, ‘हामी भारतलाई कुनै हालतमा सीमा अतिक्रमण गर्न नदिन दृढ छौं ।’ विगतको सीमांकनका बखत नेपाली अधिकारीको गैरजिम्मेवारीका कारण भूभाग भारततर्फ गाभ्ने काम भएको स्थानीयको आरोप छ । नेपाली पक्षले आफूहरूसँग सम्पर्क र सोधपुछ नगरी भारतको पलियामा बसेर सीमाका कागजपत्र तयार गरेको उनीहरू बताउँछन् । ‘अब सीमांकन गर्दा पुरानो सीमास्तम्भ आधार मानेर नयाँ नक्सा तयार गरिनुपर्छ,’ घिमिरेले भने, ‘भारतले मिचेको भाग फिर्ता नभए विवाद समाधान हुने देखिँदैन ।’  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending