Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

भारतले हस्तक्षेप नरोके लाजिम्पाटको दूतावास नरहन सक्छ : प्रकाण्ड

\"\"काठमाडौं, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले भारतले नेपालमाथि गर्दै आएको हस्तक्षेप नरोकेमा लाजिम्पाटमा रहेको भारतीय दूताबासमा आक्रमण गर्ने चेतावनी दिएका छन् । नेपालमाथि भारतले विभिन्न रुपमा हस्तक्षेप गर्दै आएको सन्दर्भ उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले हस्तक्षेप नरोकेमा लाजिम्पाटमा रहेको भारतीय दुतावास रहन नसक्ने अवस्था आउने बताए । शुक्रबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर पार्टीका प्रवक्ता प्रकाण्डले भारतीय सुरक्षा बल नेपाली भूमिमा प्रवेश गरे र एक्कासी गोली हानेर नेपाली नागरिक गोविन्द गौतमको निर्ममतापूर्वक हत्या गरिएको उल्लेख गर्दै हत्यामा सम्लग्न भारतीय एसएसवी र नेपाल प्रहरीका अधिकारीहरुलाई कडा काम गर्न माग गरे । उनले यदि हत्यामा संंलग्नहरुलाई कारवाही नगरिएमा त्यसका विरुद्ध पार्टी कडा आन्दोलनमा उत्रने चेतावनी दिए । नेपालमाथि भारतको हस्तक्षेपको श्रृङ्खला हत्याको स्तरसम्म पुग्दा पनि नेपाल सरकारले कुनै पहल नचालेको भन्दै प्रवक्ता प्रकाण्डले आक्रोश व्यक्त गरे । नेपाली भूमीमा भारतीय एसएसवी हतियार लिएर घुम्ने, नेपाली बस्तीमा दिनदहाडै आक्रमण गर्ने, घरहरु भत्काउने, नेपालीहरुमाथि लुटपाट मच्चाउने जस्ता अत्यन्तै आपत्तीजनक गतिविधिप्रति नेपाल सरकार चुपचाप भएको भन्दै उनले सरकारको धारणा माग गरे । पार्टीले कञ्चनपुरको आनन्द बजार पुनर्वास क्षेत्रमा मच्चाएको हत्या आतंकको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जस क्रममा फागुन २८ गते शनिवार नेपाल बन्दको घोषणा गरेको छ । पार्टीले कञ्चनपुर घटनाका विरुद्धमा शुक्रबार दिउसो १ बजे देशभर विरोध प्रदर्शन समेत गरेको छ । त्यसैगरी प्रवक्ता प्रकाण्डले सरकारले घोषणा गरेको स्थानीय निर्वाचन हुन नसक्ने बताए । निर्वाचन घोषणा लगत्तै सप्तरीमा भएको घटना र कञ्चनपुर घटनाले निर्वाचनले निम्त्याउने परिणामको संकेत गरेको उनले बताए । निर्वाचनले देशमा अस्थिरता, आतङ्क र ठूलो द्वन्द्व निम्त्याउने उनले बताए । राष्ट्रलाई निकास दिनेभन्दा रगतको खोलो बगाउने निर्वाचन जवरजस्त नलाद्न संसदवादी राजनीतिक दल र सरकारलाई आग्रह गर्दै निर्वाचनलाई रोक्न माग गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending