Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बागी उम्मेद्वारलाई कारबाही गर्ने देउवाको चेतावनी

\"\"काठमाडौं, २७ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा पार्टी हितविपरीत जाने र आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कडा कारबाही गर्ने बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– कांग्रेस पोखरा उपमहानगर समितिको नगर सम्मेलनको बिहीबार उद्घाटन गर्दै देउवाले पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्नेलाई समेत कारबाही गरिने चेतावनी दिए । ‘पार्टीभित्र अनुशासनहीनता बढेको छ । अनुशासन नमान्नेलाई कारबाही हुँदैन भन्ने आमप्रवृत्ति देखिएको छ, त्यसलाई मेटाउन पनि अनुशासनहीन काम गर्नेलाई कडा कारबाही हुन्छ,’ उनले भने । जसले जित्न सक्छ उसैलाई टिकट देउवाले स्थानीय तहको चुनावमा जसले जित्छ उसैलाई चुनावको टिकट दिइने प्रस्ट पारे । पार्टीको आधिकारिक उम्मेदवारका पक्षमा एक भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । संविधान कार्यान्वयन नभए देशमा दुर्घटना निम्तिन सक्ने चेतावनी दिँदै देउवाले संविधान कार्यान्वयनका लागि ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन सम्पन्न हुनुपर्ने बताए । मधेसविरोधी आरोपबाट बच्न पनि एमालेलाई संसद्बाट संविधान प्रस्ताव पारित गराउन आग्रह गरे । मधेसी जनतालाई हेर्ने दृष्टिकोणमा परिर्वतन गरी उनीहरूको सम्मानका लागि संशोधन प्रस्ताव पारित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उनले मधेसी जनताको भावनालाई कदर गर्नुपर्नेमा जोड दिए । उनले राणा र पञ्चायत फाल्न, देशमा प्रजातन्त्र र गणतन्त्र ल्याउन कांग्रेसको ठूलो भूमिका रहेको बताउँदै अरू दलले बोल्ने मात्र गरेको, तर कांग्रेसले गरेर देखाउने गरेकोसमेत बताए । उनले सप्तरीमा घटना दुःखद रहेको बताउँदै त्यसको छानबिन हुनुपर्ने बताएका थिए । सम्मेलनमा वडा सभापति, जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य, क्षेत्रका पदाधिकारी तथा सदस्य, भ्रातृसंस्थाका पदाधिकारी सदस्य, नगरका क्रियाशील सदस्य गरी दुई हजारको सहभागिता रहेको कास्की कांग्रेसका सदस्य एवं प्रचार प्रसार संयोजक नवीन सिग्देलले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending