Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

१० चैतभित्र मतदान केन्द्र निर्धारण

\"\"काठमाडौं, २७ फागुन । निर्वाचन आयोगले आगामी १० चैतभित्रै स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरिसक्ने भएको छ । आयोगले मतदान केन्द्र निर्धारण आगामी १० चैतसम्म सक्ने गरी काम अघि बढाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशनसमेत दिइसकेको छ । आजको राजधानी दैनिकमा खबर छ– आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सरकारबाट प्राप्त नयाँ संरचनाको प्रतिवेदनअनुसार मतदान केन्द्र निर्धारण गर्न जिल्ला निर्वाचन कार्यालयहरूलाई निर्देशन दिइसकिएको बताए । ‘हामीले सरकारबाट प्राप्त स्थानीय तहको प्रतिवेदनको पत्रअनुसार जिल्ला निर्वाचन कार्यालयहरूलाई काम अघि बढाउन भनिसकेका छौं,’ प्रवक्ता शर्माले राजधानीसँग भने, ‘१० चैतभित्रै केन्द्र निर्धारण हुनेछ ।’ सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन मंगलबार साँझ आयोगलाई उपलब्ध गराएको थियो । प्रतिवेदनअनुसार परिवर्तित नयाँ संरचनाबमोजिम मतदाताको ठेगानासमेत परिवर्तन गर्नुपर्ने भएकाले सोहीअनुसार मिलाउने काम पनि सुरु गरिएको आयोगका प्रवक्ता शर्माले बताए । उनका अनुसार २० चैतभित्र आयोगले सो विषयमा समेत टुंगो लगाइसक्ने तयारी गरेको छ । सरकारले राजपत्रमा प्रकाशित नहुँदै पुनःसंरचना प्रतिवेदन निर्वाचन आयोगलाई दिएको छ । आयोगले १० चैतभित्रै मतदान केन्द्र पुनर्निर्धारण गरेको प्रतिवेदन ७५ जिल्लाबाट केन्द्रमा प्राप्त भइसक्ने कार्यतालिका यसअघि नै बनाएको हो । आयोगले पहिलेका मतदान केन्द्रहरूको अवस्था र नयाँ संरचनाअनुसारको पूर्वाधारहरू हेरेर मतदान केन्द्रहरू तय गर्ने बताएको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला निर्वाचन अधिकृत र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू बसेर त्यसको टुंगो लगाउने आयोगले जनाएको छ । निर्वाचन आयोगले अहिले मतदाता नामावलीलाई अद्यावधिक गर्ने, प्रशोधन गर्ने काम धमाधम गरिरहेको छ । ९ फागुन, २०७३ सम्ममा १८ वर्ष पुगिसकेका मतदाताहरूको नामावली प्रशोधन गर्ने काम भइरहेको छ । २० चैतसम्म मतदाता नामावली टुंग्याउने लक्ष्य आयोगको छ । त्यसपछि आयोगले परिचयपत्र छाप्ने प्रक्रिया अघि बढाउने बताएको छ । निर्वाचन गर्न १ सय २० दिनको समय आवश्यक पर्ने भए पनि आयोगले थोरै समयलाई पनि सही तरिकाबाट व्यवस्थापन गर्दै अगाडि बढिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले बताए । ‘हामीसँग थोरै समय छ, धेरै काम गर्नु छ, हामी निरन्तर लागिरहेका छौं,’ उनले भने । आगामी ३१ वैशाख २०७४ मा स्थानीय तहको निर्वाचन गर्ने मिति तय भइसकेको छ । यद्यपि, मधेस केन्द्रित दलहरूले निर्वाचन मिति फिर्ता लिनुपर्ने दबाब दिँदै आएका छन् । उनीहरूको दबाबमा सरकारले तयारी केही फितलो गरे पनि प्रमुख प्रतिपक्ष एमालेले भने घोषित मितिमा निर्वाचन हुनैपर्ने अडान अघि सारेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending