Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कञ्चनपुर घटना : नेपालीले ढुंगा हाने, भारतीयले गोली

\"\"काठमाडौं, २७ फागुन । कञ्चनपुर पुनर्बासको नेपाल–भारत सीमाक्षेत्रमा वारि आनन्दबजार छ भने पारि बसहीबजार छ । पुनर्बास नगरपालिका क्षेत्रका बासिन्दा उपभोग्य सामान किन्न पारिको बसहीबजार जान्छन् । नुन, चिनी, कापीकलम किन्ने सर्वसाधारण मात्र होइन, खुद्रापसलेले पनि पारिबाटै सामान ल्याउँछन् । कच्ची बाटोमा हिउँदमा हिँड्न खासै गाह्रो छैन । तर, बर्खामा हिलोले दुःख हुन्छ । त्यसैले पानी जम्ने ठाउँमा कल्भर्ट बनाइदिन स्थानीयले पहिलेदेखि नै माग गर्दै आएका थिए । र, यो वर्ष नगरपालिकाले पाँच लाख रुपैयाँ छुट्याएको थियो । आजको नयाँ पत्रिकामा खबर छ– उपभोक्ता समिति गठन गरेर ह्युमपाइपसहितको कल्भर्ट बनाउन स्थानीय एक महिनादेखि नै जुटेका थिए । फागुन पहिलो साता काम सुरु हुनेबित्तिकै सो क्षेत्र दशगजामा पर्ने दाबी गर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध सिर्जना गरेको थियो । जबकि, कल्भर्ट निर्माण गरिएको क्षेत्र दशगजाभन्दा करिब आठ सय मिटर नेपालतिर पर्छ । तर, सो क्षेत्रको २०० नम्बर पिलर गायब भएको हुनाले स्पष्ट रूपले छुट्याउन मुस्किल छ । समस्या समाधान गर्न १० फागुनमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरको नेतृत्वमा गएको टोलीले भारतीय अधिकारीसँग वार्ता गरेको थियो । वार्तापछि पिच गर्न नपाउने, तर गिटी र बालुवा प्रयोग गरेर अस्थायी कल्भर्ट बनाउन दिने सहमति भएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो । ९० प्रतिशत बनेपछि भारतीयले भत्काउन थाले फागुन अन्तिम साता बुधबारसम्म आइपुग्दा कल्भर्ट निर्माणको काम लगभग ९० प्रतिशत सकिएको थियो । ह्युमपाइपमाथि माटो राखेर माटोमाथि फुटेका इँटा राखेर भर्ने तथा दायाँबायाँ बालुवाका बोरा राख्ने काम पनि लगभग सकिएको थियो । बुधबार बेलुकासम्म पनि थप विरोधको कुनै संकेत थिएन । तर, बिहीबार बिहान ९ बजे एसएसबी र भारतीय प्रहरीका २०(२५ जनाको समूह कल्भर्ट निर्माणस्थलमा आइपुग्यो । उनीहरुले स्थानीय र प्रशासनसँग कुनै संवादसमेत नगरी कल्भर्टका लागि प्रयोग भएका बालुवाका बोरा र इट्टा फाल्न थाले । भारतीय सुरक्षाकर्मीले कल्भर्ट भत्काउन थालेपछि करिब ३०(३५ जना स्थानीय पनि जम्मा भए । समुहमा कलभर्टमा पुगे । स्थानीय बासिन्दा लक्ष्मण कुमालका अनुसार नेपालीहरूको भनाइ थियो, ‘यो किन भत्काउँदै हुनुहुन्छ रु यो हाम्रो भूमि हो, त्यसमाथि पनि तपाईंहरुसँगकै सहमतिमा हामीले निर्माण गरेका हौँ ।’ तर, भारतीय सुरक्षाकर्मीले ‘हाम्रो भूमिमा किन इटा र कंक्रिट बिछ्यायौ’ भन्दै उल्टै हप्काउन थाले । हतियारधारी भारतीय सुरक्षाकर्मीले धम्क्याएर नेपालीलाई आठ सय मिटरभित्रसम्म ल्याए । नेपालीले ढुंगा हाने, भारतीयले गोली त्यसपछि अन्य गाउँलेहरु पनि जम्मा हुन थाले । विस्तारै सयौंको संख्यामा नेपाली जम्मा भएपछि भारतीय सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेर धपाउन थाले । त्योबीचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि पुग्यो । प्रहरीले नेपालीहरुलाई संयमित बनाउने कोसिस गरिरहेको थियो । उतापट्टिका सुरक्षाकर्मीलाई पनि संयमित हुन नेपाली सुरक्षाकर्मीले अनुरोध गरिरहेका थिए । तर, तनाव रोकिएको थिएन । दोहोरो गालीबेइज्जती र ढुंगामुढा करिब दुई घन्टासम्म चलिरह्यो । ११ बजेतिर नेपालीले हानेको ढुंगाले भारतीय प्रहरीका सई अरबिन्दकुमार शुक्ला घाइते पनि भए । उनको हातमा पेस्तोल थियो, उनले तत्कालै गोली चलाउन थाले । उनले चलाएको चौथो राउन्डको गोली नेपाली नागरिक गोविन्द गौतमको पेटमा लाग्यो । उनी त्यहीँ ढले । गौतमलाई प्रहरीको गाडीमा राखेर गाउँकै पूनर्वास पोलिक्लिनीमा लगियो । उनको अवस्था नाजुक भइसकेको थियो । थप उपचारका लागि एम्बुलेन्समा राखेर धनगढीस्थित सिपी अस्पताल पुर्या‍इयो । अस्पताल पुर्या‍एको एकै छिनमा उनको निधन भयो । पछि, भारतीय सुरक्षाकर्मीलाई साथ दिन उतापट्टिका स्थानीय पनि जम्मा भए । उनीहरुले हानेको ढुंगा लागेर नेपाल प्रहरीका सई लक्ष्मण विक र सशस्त्र प्रहरीका प्रहरी निरीक्षक राम खत्री घाइते भए । तर, नेपाली स्थानीयले दिनभर सीमाक्षेत्र छाडेनन् । उनीहरुले भारतीय सुरक्षाफौजविरुद्ध नाराबाजी गरिरहे । करिब ४ बजे भारतीय प्रहरीले आश्रुग्याँस प्रहार गर्दा बेलौरी शान्तिपुरका टिकाराम चपागाई घाइते भए । त्यस्तै, पुनर्वासका सागर थापालाई कुटपिट गरियो । अन्तमा तीन बुँदे सहमति तर मौखिक अपराह्न १ बजे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द घटनास्थल पुगे । आक्रोशित स्थानीयले प्रमुख जिल्ला अधिकारीविरुद्ध पनि नाराबाजी गरे । नेपालीमाथि गोली प्रहार हुँदा नेपाली सुरक्षाकर्मीले जवाफ दिन नसकेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्ध नाराबाजी गरे । नेपालतर्फको पहलमा भारतीय अधिकारीहरूसँग वार्ता र तीन बुँदे मौखिक सहमति भएको छ । गोली चलाउने अरबिन्दकुमार शुक्लालाई कारबाही गर्ने, कल्भर्ट यथाअवस्थामै राख्ने र केही दिनका लागि सीमामा आवागमन बन्द गर्ने सहमति भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending