Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

बसाइँ सराइले रित्तिँदै गाउँ

\"\"तेह्रथुम, २६ फागुन । गाउँमा आवश्यक सेवा सु्विधा नभएको भन्दै गत माघमा तेह्रथुम सिम्ले–७ का ११ परिवार एकसाथ बसाइँ सरे । खानेपानी, विद्युत्, गुणस्तरीय सडकलगायत सुविधाका नाममा छिमेकीजति सबै हिँडेपछि पूर्व वडाध्यक्ष मनबहादुर श्रेष्ठ पनि स्थानीय भीमबहादुर थापासँगै मोरङतिर बसाइँ सरे । पहिले गाविसकै ठूलो बस्ती रहेको यो गाउँमा अहिले बसाइँ सरेर जान बाँकी एक दर्जन परिवार मात्र बस्छन् । गाविसका वडा नं ३, ४ र २ को अवस्था पनि उस्तै छ । उता ओख्रे–५ का २५ परिवार पनि यही वर्षमात्रै थातथलो छाडेर हिँडेका छन् । सो वडामा अब केही परिवारमात्र बाँकी रहेका र उनीहरु पनि बसाइँ सराइकै पहलमा छन् । तर गाउँको सिँचाइ सुविधा नपुग्ने जमिन बिक्री पनि नहुने र त्योबाहेक अन्य धन सम्पत्ति पनि नभएका कारण छाडेर हिँड्न सकेका छैनन् । पछिल्लो तीन वर्षमा मात्रै सम्दुका ५४ परिवार पनि बसाइँ सरेर पूर्वी तराई र काठमाडौँतर्फ गएका छन् । यहाँबाट बसाइँ सरेर जानेहरू सबै सुविधा र अवसरको खोजी गर्र्दै गएको गाविस सचिव दुर्गा भण्डारीले बताए । इसिवुबाट पनि बसाइँ सर्नेको सङ्ख्या कम छैन । पछिल्लो चार वर्षमा यहाँबाट पनि १५४ परिवार हिँडेका छन् । यस्तै जिल्लाका पञ्चकन्या, फाक्चामारा, इवा, चुहानडाँडा, थोक्लुङलगायत गाविसबाट पनि प्रत्येक वर्ष गाउँ छाडेर बसाइँ हिँड्नेको ताँती लाग्ने गरेको छ । सेवा सुविधासँगै खानेपानीका लागि बसाइँ तराईमा रोजगारी, औषधि उपचार, शिक्षा, खानपान तथा अन्य सेवा सुविधा बढी हुने तथा सहजै प्राप्त गर्न सकिने भएकाले धेरैले थातथलो छाडिरहेको पूर्व जिविस उपसभापति तेजमान कन्दङ्वाले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending