Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

आंगिक क्याम्पसमा अखिल अगाडि

\"\"काठमाडौं, २१ फागुन । त्रिभुवन विश्वविद्यालयका २३ आंगिक क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको थप परिणाम आएको छ । उपत्यकाका सात र बाहिरका १६ आंगिक क्याम्पस स्ववियु निर्वाचन भएको थियो । २३ आंगिक क्याम्पसमध्ये एमालेनिकट अनेरास्ववियु नौवटामा विजयी भएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– अनेरास्ववियु पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, भोजपुर बहुमुखी क्याम्पस, वन क्याम्पस पोखरा, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस नेपालगन्ज, सुर्खेत शिक्षा क्याम्पस, महाराजगन्ज मेडिसिन क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस धरान गरी नौवटा आंगिक क्याम्पसमा विजयी भएको छ । नेविसंघ पोखरा नर्सिङ क्याम्पस, वीरगन्ज नर्सिङ क्याम्पस, धवलागिरि बहुमुखी क्याम्पस, लमजुङ कृषि क्याम्पस, डडेल्धुरा क्याम्पस, डोटी क्याम्पस, जनप्रशासन क्याम्पस, वन विज्ञान क्याम्पस हेटौँडा गरी आठ आंगिक क्याम्पसमा विजयी भएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सानोठिमी शिक्षा क्याम्पस गरी तीनवटा आंगिक क्याम्पसमा विजयी भएको छ । भक्तपुर क्याम्पसमा नेक्राविसंघ र धरानस्थित महेन्द्र बहुमुखीमा संयुक्त विजयी भएको छ । मेची क्याम्पसमा मतगणना रोकिएको छ । देशभरका ६० वटा आंगिक क्याम्पसमध्ये ४७ वटामा विभिन्न विद्यार्थी संगठनको विरोध र तालाबन्दीका कारण स्ववियु निर्वाचन हुन सकेन । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका अनुभव पोखरेल स्ववियु सभापतिमा निर्वाचित भएका छन् । सचिवमा नेविसंघका प्रवीण काफ्ले र कोषाध्यक्षमा अनेरास्ववियुका मधुसूदन नेपाल विजयी भए । महेन्द्र बहुमुखी क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस धरानमा माओवादी केन्द्र र विप्लवनिकट अखिल क्रान्तिकारी, संघीय विद्यार्थी युनियन लिम्बुवान, खुम्बुवान विद्यार्थी मोर्चा, समाजवादी विद्यार्थी फोरमका संयुक्त उम्मेदवार सागर लिम्बू सभापतिमा निर्वाचित भएका छन् । सचिव र कोषाध्यक्षमा नेविसंघका दोर्ची शेर्पा र लक्ष्मी सम्भाहाम्फे विजयी भए । भोजपुर बहुमुखी क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रकाशसिंह राई सभापतिमा निर्वाचित भएका छन् । सचिवमा नेविसंघका अनुज कार्की र कोषाध्यक्षमा अनेरास्ववियुकी नमुुना घिमिरे विजयी भए । पोखरा नर्सिङ क्याम्पस पोखरा नर्सिङ क्याम्पसमा नेविसंघको प्याानल नै विजयी भएको छ । अनामिकाराज लक्ष्मी बस्नेत सभापतिमा वियजी भएकी छन् । उनले अनेरास्ववियुकी विष्णु देवकोटालाई पराजित गरिन् । सचिवमा वर्षा भुजेल र कोषाध्यक्षमा आरती जोशी विजयी भए । वीरगन्ज नर्सिङ क्याम्पस वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी प्रशंसा पाण्डे स्ववियु सभापतिमा निर्वाचित भएकी छन् । पाण्डेकी प्रतिद्वन्द्वी अनेरास्ववियुकी सुनिता यादवले ७० मत प्राप्त गरेकी छन् । सचिव र कोषाध्यक्षमा नेविसंघकै प्रसिद्धिका कार्की र सोनिका जैसवाल विजयी भए । बाग्लुङस्थित धवलागिरि क्याम्पसमा नेविसंघको प्यानलै निर्वाचित भएको छ । सभापतिमा मनबहादुर थापा, सचिवमा विष्णु पौडेल र कोषाध्यक्षमा सुस्मिता बोहोरा वियजी भएका छन् । पोखरास्थित वन क्याम्पस पोखरा र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुका विशाल अर्याल, सचिवमा सञ्जयराज तामाङ र कोषाध्यक्षमा प्रतिमा जिसी विजयी भए । सदस्यमा प्रदेश अधिकारी, साधना रानाभाट, सुस्मिता गौतम, भरत रेग्मी र सुरज भट्ट विजयी भएका छन् । संगठनका आ–आफ्नै दाबी बुधबार भएको स्ववियु चुनावमा नेविसंघ, अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले कतिवटा क्याम्पसमा चुनाव जिते भन्ने आधिकारिक तथ्यांक सार्वजनिक हुन सकेको छैन । त्रिविले पनि यसबारे कुनै जानकारी गराएको छैन । तीनवटै संगठनको आ–आफ्नै दाबी छ । त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव गंगाबहादुर थापाले देशभरिका सम्बन्धन क्याम्पसमा विजयी भएका नाम निर्वाचन पदाधिकारीले केन्द्रमा नपठाएसम्म आधिकारिक नतिजा दिन नसक्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE