Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

गच्छदारको दबाबले शर्मिला फेरि राजदूत सिफारिस

\"\"काठमाडौं, २१ फागुन । सरकारले ओमनका लागि राजदूत सिफारिस वैदेशिक रोजगार व्यवसायी शर्मिला पराजुली (ढकाल) को नाम फिर्ता गर्ने निर्णय गरेर पनि फेरि सच्चाएर सुनुवाइका लागि पठाएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दबाब दिएपछि अन्तत मन्त्रिपरिषद्को ‘माइन्युट’मा समवेश नभएको नाम पनि पुनः समावेश गरिएको हो। ‘राजदूत सिफारिस भएका दुई महिला र स्पेनका लागि सिफारिस भएकाको नाम माइन्युटमा समावेश थिएन,’ मन्त्रिपरिषद् स्रोतले भयो, ‘तर, प्रधानमन्त्रीले बिहीबार ओमनका लागि सिफारिस भएको नाम माइन्युटमा समावेश गरेर संसदीय सनुवाइमा पठाउने आदेश गरेपछि सोही अनुसार फाइल अघि बढेको हो।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘गच्छदारको धेरै नै रोइकराई’ पछि प्रधानमन्त्रीले शर्मिलालाई फिर्ता गरेर पनि पुन निर्णय गर्न बाध्य भएका हुन्। परराष्ट्र मन्त्री महत लामा र ढकाल दुवैको नाम फिर्ता लिनुपर्ने पक्षमा थिए। गच्छदारले मन्त्री महतलाई ‘मेरो पार्टीको सिफारिसलाई कायमै राखिदिनुहोस्। मलाई उनको नाम फिर्ता लिन अप्ठ्यारो छ’ भनेका थिए। गच्छदारको कोटाबाट ओमनको राजदूत सिफारीस भएकी ढकाल केपी ओली नेतृत्वको सरकारले पनि राजदूत सिफारिस गरेको थियो। त्यतिबेला सरकारमै सहभागी भएका गच्छदारनै उनलाई सिफारिस गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने लगत्तै ओली सरकारले सिफारिस गरेको २२ मध्ये राजनीतिक कोटामा सिफारिस गरेका १४ राजदूतको नाम फिर्ता गरेको थियो। प्रचण्ड नेतृत्वको सरकारले परराष्ट्र सेवाका आठ सहसचिवको नियुक्ति कायमै राखेपछि उनीहरु राजदूतका रुपमा सम्बन्धित देशमा गएको ५ महिना बितिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कांग्रेस कोटाबाट सिफारिस भएकी आशा लामालाई भने अघिल्लो बिहीबार नै राजदूबाट फिर्ता गराएको थियो। त्यस्तै सरकारले स्पेनमा नयाँ दूतावास खोल्ने निर्णयलाई तत्काल कार्यान्वयन नगनै निर्णय गरेको छ। स्पेनमा राजदूत सिफारिस भएका भरत रायमाझीको नाम तत्काल सुनुवाइमा नपठाउने सरकारको निर्णय छ। परराष्ट्र सचिव शंकर दास बैरागीले दूतावास खोल्नका लागि स्पेन सरकारसँग पूर्वसहमति लिने प्रक्रिया अघि बढाउन लागेको बताए। ‘स्पेनले हामीलाई दूतावास खोल्न सहमति दिएपछि रायमाझीको नाम सुनुवाई समितिमा पठाइनेछ’, उनले भने। रायमाझी राप्रपा अध्यक्ष कमल थापाका नाताले सम्धी पर्छन्। उनी राप्रपाको कोटाबाट राजदूत सिफारिस भएका हुन्। बिहीबार संसदको संसदीय सुनुवाई समितिमा परराष्ट्र मन्त्रालयले पठाएको सूचीमा आशा लामाको नाम हटाइएको छ। शुक्रबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले सिफारिस गरेका १२ राजदूतका बारेमा १० दिने सूचना जारी गरी उजुरी लिने निर्णय गरेको छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending