Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

चुनाव प्रतिकारमा उत्रन ठाकुरको निर्देशन

काठमाडौं, २० फागुन । तमलोपा अध्यक्ष महन्थ ठाकुरले पार्टीका सांसद, केन्द्रीय समिति सदस्य र अगुवा कार्यकर्तालाई विकसित राजनीतिक घटनाक्रमबारे जानकारी दिलाउँदै चुनावको प्रतिकार गर्नका लागि जिल्ला फर्कन निर्देशन दिएका छन् । बिहीबार बिजुलीबजारमा आयोजित दुई छुट्टाछुट्टै भेलामा उनले संविधान संशोधन नभएसम्म चुनाव स्विकार्न नसकिने उल्लेख गर्दै त्यस्तो निर्देशन दिएका हुन् । आजको कान्तिपुरमा खबर छ– ‘सरकारले लिएको नीति मुठभेडतर्फ उन्मुख छ भन्ने बुधबारको बालुवाटार वार्ताले पनि देखायो, अब परिस्थिति चुनौतीपूर्ण बनेर गएको छ,’ ठाकुरले भेलामा भने, ‘तपाईंहरू तुरुन्तै आ–आफ्नो जिल्लामा फर्केर मुकाबिलाको तयारी गर्नुहोस् ।’ एमालेले शनिबारदेखि मधेसकेन्द्रित अभियान चलाउने घोषणा गरेको भन्दै ठाकुरले त्यस दलका नेताहरूले अभियान थाल्नुअघि नै मधेसीविरुद्ध धम्कीपूर्ण भाषा बोल्नु आश्चर्यजनक रहेको टिप्पणी गरेका थिए । ‘उहाँहरूले किन अभियान सुरु नहुँदै मधेसी समुदायलाई लक्षित गर्दै धम्कीपूर्ण भाषा बोल्नुभयो, मैले बुझेको छैन,’ ठाकुरले थपे, ‘बन्दुकको बलमा एजेन्डाहरू दबाउन खोजिँदै छ । स्थानीय चुनावमा स्वयंसेवक र कर्मचारी खटाउने हो । सेना किन आवश्यक पर्‍यो रु’ ठाकुरले संविधान संशोधन नहुन्जेल चुनावमा जान नसकिने, निर्वाचन आयोगमा दल दर्तासमेत नगर्ने बताए । मधेसी मोर्चामा आबद्ध ७ मधेसवादी दलमध्ये संघीय समाजवादी फोरमले मात्रै आयोगमा दल दर्ता गरेको छ । यसैगरी सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि बिहीबारै लाखेचउरस्थित पार्टी कार्यालयमा अगुवा कार्यकर्ता र नेताको भेला गर्दै विकसित घटनाक्रमबारे समीक्षा गरेका थिए । उनले आन्दोलनमा फेरि जान आवश्यक रहेको बताएको स्रोतले जानकारी दियो । महतोले भने पार्टी महाधिवेशनबारे छलफल भएको प्रस्टीकरण दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending