Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

स्ववियु चुनाव : उपत्यकाका कुन क्याम्पसमा कसले मारे बाजी ?

\"\"काठमाडौं, २० फागुन । उपत्यकाका ठूला क्याम्पसमा अखिल क्रान्तिकारीले अग्रता लिएको छ । उसले पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ र सानोठिमी शिक्षा क्याम्पसमा प्यानलै जितेको छ । आजको नयाँ पत्रिकामा खबर छ– थापाथली इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारीका प्रज्वल खत्री स्ववियु सभापतिमा विजयी भएका छन् । खत्रीले चार सय ४७ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका विकास लामाले दुई सय ७३ मत प्राप्त गरे । सचिवमा क्रान्तिकारीका सरोज लामाले चार सय ३८ मत र अनेरास्ववियुका विष्णुप्रसाद ढकालले दुई सय ६५ मत ल्याए । कोषाध्यक्षमा क्रान्तिकारीका सग्नम पञ्जियार तीन सय पाँच मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका कपिल पुडासैनीले तीन सय चार मत प्राप्त गरे । सदस्यमा नेविसंघकी निरु चौधरीबाहेक सबै अखिल क्रान्तिकारी नै विजयी भएको छ । सो क्याम्पसमा एक हजार ४३ मत खसेको थियो । पुल्चोक इन्जिनियरिङ क्याम्पस पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका रोशन थापामगर सभापतिमा विजयी भएका छन् । उनले चार सय ९७ मत र अनेरास्ववियुका सुदीप चालीसेले चार सय ३५ मत प्राप्त गरेका छन् । सचिवमा अनेरास्ववियुका ओमप्रकाश अधिकारी र कोषाध्यक्षमा प्रतीक न्यौपाने निर्वाचित भए । पुल्चोक इन्जिनियरिङमा तीन–तीनजना अखिल क्रान्तिकारी र अनेरास्ववियु र एकजना नेविसंघबाट निर्वाचित भएका छन् । भक्तपुरस्थित सानोठिमी शिक्षा क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल थियो । जसमा क्रान्तिकारीका रमेश खड्का सभापतिमा निर्वाचित भएका छन् । खड्काले चार सय ६६ र उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका लालबहादुर रोकायाले तीन सय ११ मत प्राप्त गरेका छन् । सचिवमा नेविसंघका रामबहादुर केसी विजयी भएका छन् । केसीले चार सय ३३ मत र अनेरास्ववियुका गोरख केसीले तीन सय ५३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी पार्वती शर्मा विजयी भएकी छन् । उनले चार सय २५ मत र अखिल क्रान्तिकारी विप्लवका मानबहादुर डाँगीले दुई सय ५५ मत प्राप्त गरेका थिए । सो क्याम्पसमा सात सदस्य संयुक्त प्यानलबाटै विजयी भएका छन् । भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ र नेक्राविसंघ भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ र नेक्राविसंघको संयुक्त प्यानल विजयी भएको छ । संयुक्त प्यानलका दिनेश खड्गीले पाँच सय २३ र उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका दीपकबहादुर विष्टले तीन सय सात मत ल्याए । त्यस्तै, सचिवमा संयुक्त प्यानलका विवेक लामिछानेले पाँच सय १२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सन्तोष कार्कीले दुई सय ४५ मत प्राप्त गरे । कोषाध्यक्षमा संयुक्त प्यानलकै मिलन गणेजुले चार सय ९९ र उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी सुनिता रोकाले दुई सय ४१ मत प्राप्त गरेकी थिइन् । सो क्याम्पसमा सात सदस्य संयुक्त प्यानलबाटै विजयी भएको निर्वाचन अधिकृत शेरसिङ रैखोलाले बताए । उक्त क्याम्पसमा नौ सय ८० मत खसेको थियो । जनप्रशासन क्याम्पसमा नेविसंघ जनप्रशासन क्याम्पसमा नेविसंघका पंकज सुवेदी क्षेत्री सभापतिमा विजयी भएका छन् । उनले एक सय ८७ मत र अनेरास्ववियुका टीकाराम बस्नेतले एक सय ७७ मत प्राप्त गरेका छन् । सचिवमा नेविसंघकै सन्देश आचार्यले दुई सय ५८ र अनेरास्ववियुका सन्तबहादुर तामाङले एक सय १३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारी ९प्रचण्ड० का जगदीश जोशी विजयी भएका छन् । उनले एक सय ९७ मत प्राप्त गरे । अनेरास्ववियुकी शारदा जोशीले एक सय ६० मत प्राप्त गरिन् । पाँचजना सदस्य संयुक्त प्यानलबाटै विजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र क्रान्तिकारीले संयुक्त प्यानल दर्ता गरेका थिए । महाराजगन्ज मेडिकल क्याम्पस र नर्सिङमा अनेरास्ववियु महाराजगन्ज मेडिकल क्याम्पसमा अनेरास्ववियुका मिलन गैरे सभापतिमा विजयी भएका छन् । उनले पाँच सय १३ मत र नेविसंघका सन्तोष उपाध्यायले चार सय २२ मत प्राप्त गरेका छन् । प्रत्यक्षतर्फको सचिव पदमा युथ फर इक्वालिटीकी श्वेता महतो विजयी भएकी छन् । उनले चार सय ८३ मत प्राप्त गरेकी छन् । नेविसंघका नरेशप्रसाद जोशीले चार सय २३ मत ल्याए । कोषाध्यक्षमा नेविसंघका केशव आचार्य विजयी भएका छन् । उनले चार सय ७३ मत र युथ फर इक्वालिटीका सञ्जीव शाहले चार सय ५८ मत प्राप्त गरे । सो क्याम्पसमा आठ सदस्य निर्वाचित भएका छन् । सो क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र युथ फर इक्वालिटीले संयुक्त उम्मेदवारी दर्ता गरेका थिए । महाराजगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । अनेरास्ववियुकी विमला धमलाले दुई सय २० मत र नेविसंघकी समीक्षा सुवेदीले एक सय १४ मत ल्याएकी छन् । सचिवमा अनेरास्ववियुकी आँचल रेग्मीले दुई सय पाँच र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी सुशीला पोखरेलले एक सय २७ मत ल्याइन् । कोषाध्यक्षमा अनेरास्ववियुकी ऋचा घिमिरेले दुई सय ११ र नेविसंघकी पूजा पाण्डेले एक सय २० मत प्राप्त गरेका छन् । ६ सदस्य अनेरास्ववियुबाटै विजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त प्यानलमा उम्मेदवारी दर्ता गरेका थिए । मेची क्याम्पसमा मतगणना हुन सकेन झापास्थित मेची क्याम्पसमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको विरोधका कारण मतगणना रोकिएको छ । अनेरास्ववियुले फर्जी मत खसेको आरोप लगाएको छ । अनेरास्ववियु मतगणना छाडेर नाराबाजीका साथ विरोधमा उत्रिएको छ । स्थिति तनावग्रस्त भएपछि बिहीबार मतगणना नभएको र शुक्रबार सबै विद्यार्थीलाई सहमतिमा ल्याएर मतगणना सुरु गर्ने क्याम्पस प्रमुख कमल गुरागाईंले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending