Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

रिमाले किन गरिन् अात्महत्या ?

\"\"काठमाडौं, २० फागुन । \'चुनाव हारेर म मरेकी होइन। आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ। बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ। बाबा, आमा, दाइ, दिदी, भाउजू र साथीहरू, मलाई माफ गरिदिनू। तपाईंहरूबाट धेरै टाढा जाँदैछु’ भन्ने आशयको पत्र लेखेर १९ वर्षीया रिमा क्षत्री बिहीबार बिहान आफ्नै घरको बार्दलीमा मृत अवस्थामा भेटिइन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ– बिहान ८ बजे टिनको छानो भएको घरको बार्दलीमा सलको पासो लगाएको अवस्थामा उनलाई भेटिएको प्रहरीले जनाएको छ। स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा सिद्धार्थ बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष पदकी उम्मेदवारसमेत हुन् उनी। अखिलकी प्रतिष्ठा कार्कीसँग उनी पराजित भएकी थिइन्। आफ्नो पराजयलाई स्वीकारेकी उनी सोही दिन साँझ सदरमुकाम आएकी थिइन्। सदरमुकामस्थित त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघका सुनील चापागाईं विजयी भएपछि उनको विजयी र्‍यालीमा सहभागी भएर साँझ ८ बजेपछि साथीहरूसँगै उनी घर फर्केकी हुन्। घर पुग्नुअघि नै उनका बाबु भीम क्षत्री छोरीलाई लिन बाटोसम्म आएका थिए। बाबुछोरी सँगसँगै घर पुगेपछि भोलि बिहान निर्वाचनका कुरा गरौंला, आज थकाइ लागेको छ भन्दै उनी सुत्न गएको बाबु भीमले रुँदै भने। \'बाबा यसपटक म हारें। अर्कोपटक चुनावमा उठेर जित्छु भन्दै हातमा नेविसंघको झन्डा देखाएकी छोरीको यो दुर्गतिको दिन देख्नुपर्‍यो’ भन्दै बाबु पिरोलिएका छन्। आमा अर्धचेत छिन्। बाबु पनि २ पटकसम्म बेहोस भएर लडे। स्याङ्जाको फेदीखोला गाविस ९ स्थित डाँडागाउँकी क्षत्री फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययरत थिइन्। अत्यन्त सुन्दर, बोलीमा मिठास, पढाइमा जेहेनदार छात्रा थिइन् उनी। विद्यालय, क्याम्पस होस् वा घरपरिवार पनि उनी अत्यन्त मिलनसार र सहयोगी भएको बताउँछिन् स्थानीय रेखा थापा। फेदीखोलाबाटै एसएलसीपछि स्नातकसम्म अध्ययन गरेकी हुन् उनले। बिहीबार बिहान बाबु, आमा र छोरीले सँगै चिया पिएका थिए। त्यसपछि बाबुआमा धान कुटाउन र मकै पिसाउन गाउँको मिलतर्फ लागे। आमाले रिमालाई सँगै मिल जान आग्रह गर्दा शरीरभरि अबिरैअबिर छ। म नुहाइधुवाइ गर्छु। हजुरहरू जानुस् भनेर पठाएपछि घटना भएको हुनसक्ने प्रहरी निरीक्षक सुनीलकुमार प्रधानले बताए। धेरै समयसम्म रिमालाई नदेखेपछि भाउजूले खोजी गर्दै कोठामा जान लाग्दा बार्दलीमा सलको पासोमा झुन्डिएको अवस्थामा उनी भेटिएकी हुन्। जिल्ला अस्पतालमा पोस्टमार्टमपछि पोखरास्थित रामघाटमा बिहीबार साँझ उनको अन्त्येष्टि गरिएको छ। बहिनीलाई यो अवस्थामा पुर्‍याउन बाध्य पार्ने व्यक्ति खोजी गरी कारबाही गर्न अनुरोध गर्दै उनका दाजुले बिहीबार प्रहरीमा जाहेरी दिएका छन्। उनका एक दिदी, ३ दाजु र भाउजूहरू छन्। सबैकी प्रिय रिमाको मृत्युको खबरले परिवार र गाउँ नै शोकाकुल छ।मृत्यु किन र के कारणले हुन पुगेको हो भन्ने अनुसन्धानपछि थाहा हुने र अनुसन्धान सुरु गरिसकिएको प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताए।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending