Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नयाँ सत्ता समिकरण बनाउन कसरत

\"\"काठमाडौं, २० फागुन । संविधान संशोधन प्रस्तावबाट पछि हटेपछि सत्ता गठबन्धन भित्रको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको औचित्य समाप्त भएको निश्कर्ष निकालेको छ । प्रधानमन्त्रीसँग चरम रूपमा चिढिएको र केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दा आफ्नो माग सम्बोधन हुने आश्वासन पाएपछि प्रचण्ड नेतृत्वमा माओवादी केन्द्र–कांग्रेस गठबन्धनलाई बाहिरबाट समर्थन गरेको मोर्चाकै भाषामा राप्रपाले अभिव्यक्ति दिएर आगामी दिनमा नयाँ सत्ता समिकरणको खेल प्रारम्भ हुन सक्ने संकेत दिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गरिले अन्नपूर्णसँग भने, ‘मधेसवादीलाई सत्ता पक्षले सहमतिमा ल्याउन नसक्ने स्थिति प्रष्ट भएको अवस्थामा सत्ता समिकरणको सम्भावना छ । यसका लागि अनौपचारिक सहमति बन्दै गएको छ ।’ पूर्वनिर्धारित वैशाख ३१ का लागि तय गरिएको स्थानीय निर्वाचन नविथोलिने गरी सत्ता समिकरण हुन सक्ने उनले बताए। २०७४ माघ ७ भित्र स्थानीय, प्रान्तिय र केन्द्रीय संसद्को निर्वाचन गराउँदै संविधान कार्यान्वयनमा बल पु¥याउनु राप्रपाको एक मात्र उद्देश्य रहेको जनाउँदै गिरीले दुई सातायतादेखि एमाले तथा माओवादी केन्द्रबीच शीर्ष तहमा सत्ता समिकरणको फेरबदलका लागि सधन वार्ता भइरहेको जनाउ दिए । प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसहित दुबै पार्टीका नेताबीच सत्ता परिवर्तनकै उद्देश्य रहेको जानकारी स्रोतले दिएको छ । द्विपक्षीय अनौपचारिक सहमतिमै प्रधानमन्त्री प्रचण्डले स्थानीय निर्वाचनको मिति तोक्ने र संविधान संशोधनको जगमा बनेको आफ्नो सरकार त्यसबाट पछि हट्ने बुधबार सत्ता गठबन्धन र मोर्चाको संयुक्त बैठकमा जनाउ दिएका थिए । मोर्चाले प्रचण्डलाई फागुन मसान्त भित्र संशोधन नभए चैत पहिलो सातासम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिइसकेको छ । मोर्चाले समर्थन फिर्ता लिए लगत्तै राप्रपा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले समर्थन फिर्ता बारेमा समीक्षा गर्ने भएका छन् । तर सम्भावित नयाँ गठबन्धनमा विरोधाभासहरू पनि त्यतिकै छन् । एमालेसँग आक्रोसित मोर्चा र संशोधनको पूर्व शर्त नमानकै कारण दाहाल सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको मोर्चा तत्कालका लागि प्रचण्डकै नेतृत्वमा तटस्थ रहेर समर्थन गर्नुपर्ने बाध्यता पनि बन्दै गएको छ । ओली—प्रचण्डबीच कांग्रेसलाई सत्ताबाट अलग्याएर केही महिनाका लागि दाहाल र त्यसपछि एमालेमा सत्ता हस्तान्तरणको गोप्य सहमति भइसकेको दाबी स्रोतको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले वैशाख ३१ को निर्वाचन मितिमा तलमाथि नपर्ने गरी वर्तमान सत्ता समिकरण परिवर्तन हुन सक्ने बताउँछन् । ‘सत्ता परिवर्तन नेपालका लागि नौलो कुरा पनि होइन’, उनले भने। स्थानीय निर्वाचनमा कांग्रेसलाई अलग्याउने तथा अर्कोतर्फ बाम मोर्चालाई स्थापति गर्नु नयाँ समिकरणको प्रमुख उद्देश्य रहेको छ । संसद्मा बहुमतका लागि मोर्चा र राप्रपासँग सहकार्य गर्नु बाध्यता भए पनि दीर्घकालिन रुपमा बाम मोर्चालाई स्थापित गर्दै प्रान्तिय र केन्द्रीय संसद्को निर्वाचनमा पनि एकता जनाउने उद्देश्य ती दुई दलमा देखिन्छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले संशोधनको जगमा गठन भएको प्रचण्ड सरकार ‘संशोधन’ बाटपछि हट्नुलाई यो सरकारको विकल्प खोजिएको रुपमा लिनुपर्ने बताउँछन् । आफू गठन हुँदा बनेको जग नै गुमाएको सरकारले स्थानीय निर्वाचन गराउँला भन्ने विश्वास आफूलाई नभएको चौधरीले बताए । उनले भने, ‘आगामी चैत पहिलो सातासम्म मोर्चा, त्यसपछि राप्रपा र आफ्नो दलले क्रमैसँग सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन सक्छौं । सरकारले बहुमत गुमाएपछि निश्चियनै त्यसको विकल्प जानु दलहरूको बाध्यता नै हो ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending