Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

फेसबुकको माध्यमबाट ठगी गर्ने दुई पक्राउ

चितवन, १९ फागुन । पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडित समेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत आठ महिनाको अन्तरालमा रु ४७ लाख २८ हजार ठगिएको बताउनुभयो । उहाँलाई ठगी गर्ने गिरोहका दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ठगी गरेको अभियोगमा कास्कीको ल्वाङ्ग गाविस–४ कि २६ वर्षीया कल्पना पौडेल र उनका श्रीमान २७ वर्षीय इन्द्रप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । अन्य तुलसीपुर, धरान, काठमाडौँ बस्दै पैसा ठगी गर्ने गिरोहको खोजी कार्य भइरहेको उनले बताए । पक्राउ परेका व्यक्तिको खातामा न्यौपानेले पहिलो चरणमा रु एक लाख ७६ हजार पठाएका थिए । फेसबुक चलाउँदै आएकी न्यौपानेलाई फेसबुककै माध्यमबाट उनीहरुले ठगी गरेका हुन् । साथी बनिसकेपछि नाटकीय ढङ्गले उनलाई ठगी गरेको प्रहरीले जनाएको छ । न्यौपानेको श्रीमान व्यवसायी हुन । त्यहि आधारमा ठगले प्रपन्च रची ठग्न सफल भएको प्रहरीको अनुमान छ । पटकपटक गरी भारत बस्दै आएका एक व्यक्तिले उनलाई फेसबुकको चिठ्ठामा १० लाख मिलियन डलर प¥यो भन्दै ठगेको प्रहरी प्रमुख थापाले जानकारी दिए । थापाका अनुसार न्यौपानेले विभिन्न छ चरणमा गरी उनलाई पैसा पठाएका थिए । आफूलाई रिर्जव बैंक अफ इन्डियामा काम गर्ने बताउने उनले आफ्नो खातामा पैसा नमागी विभिन्न स्थानमा रहेका व्यक्तिको खातामा पैसा माग्ने गरेको प्रहरीले बताएको छ । पोखरा, तुलसीपुर, धरान, काठमाडौँमा रहेका विभिन्न व्यक्तिको नाममा पैसा पठाउन भन्दै उनले सो रकम ठगी गरेको थापाले बताए । ठगी गर्ने व्यक्तिले न्यौपानेलाई नक्कली डेबिट इन्टरनेसनल कार्ड समेत पठाएर रु ५० लाख दिई सकेपछि मात्र काडले काम गर्ने र १० लाख मिलियन डलर पाउने बताएको थापाले बताउनुभयो । काडमा चिप्स नभएको थाहा भएपछि उनी ठगिएको थाहा भएको प्रहरीले जनाएको छ । ठगी गर्ने व्यक्तिको नाममा महिलाले पठाएको रकममध्ये रु ३५ लाख पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चालु आवको पछिल्लो तीन महिनामा ७९ वटा लेनदेन तथा चेक वाउन्सका ठाडो उजुरी परेका छन् । जसमध्ये कमै मात्रको लेनदेन टुङ्गिएको छ । अधिकांश यस्ता कारोबार हुने गरेका विदेशमा बसेर आफन्तलाई वा साथी भाइलाई विदेश लैजाने बाहनामा ठगी गर्ने गरेको प्रहरी उपरीक्षक थापाले बताए। यस्ता काममा संलग्नको खोजीलाई तीव्र पारिएको उनले बताए । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE