Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सत्य निरूपण आयोगमा विवाद, दुर्इ सातादेखि अध्यक्ष अनुपस्थित

[caption id=\"attachment_120012\" align=\"alignleft\" width=\"750\"] सूर्यकिरण गुरुङ[/caption] काठमाडौं, १७ फागुन । द्वन्द्वकालीन घटनाका उजुरीमा छानबिनका लागि गठित सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङसहित बहुमत पदाधिकारी संस्थाभित्रकै द्वन्द्वका कारण राजीनामा दिने मनस्थितिमा पुगेको दाबी संस्थाकै सदस्यले गरेका छन् । पदाधिकारीले राजीनामा दिए आयोगमा परेका झन्डै ६० हजार उजुरीको भविष्य संकटमा पर्ने देखिएको छ । अध्यक्ष गुरुङ राजीनामा दिने भन्दै फागुन १ गतेदेखि कार्यालय नै गएका छैनन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– आयोग बैठक, छानबिन शैली, कार्यविधिलगायत विषयमा आयोग सदस्य डा. माधवी भट्टसँग बारम्बार मतभेद उत्पन्न भएपछि गुरुङ दुई सातादेखि कार्यालय नगएका हुन् । उनी मोबाइल स्विचअफ गरेर बेखबर छन् । ‘अध्यक्ष एक साताअघि नै राजीनामा गर्ने मानसिकतामा पुग्नुभएको हो । छोड्छु भन्ने मनस्थितिमा हुनुहुन्छ । अवस्था अलि असहज छ\', सदस्य लीला उदासीले अन्नपूर्णसँग भने, ‘उहाँले छाडेपछि ज्येष्ठताका कारण मैले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसो गर्न मलाई गाह्रो हुन्छ । त्यसपछि मैले पनि रहने कि नरहने भनेर सोच्नुपर्ने हुन्छ ।\' द्वन्द्वकालीन घटना छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति सिफारिस गर्न सरकारले दुई वर्षअघि गुरुङको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । कुनै छानबिनबिनै दुई वर्ष सकिएपछि माघ २७ गते मात्रै मन्त्रिपरिषद्ले थप एक वर्ष म्याद बढाउने निर्णय गरेको थियो । उदासीले अध्यक्ष गुरुङले जति काम आफूले गर्न नसक्ने भएकाले अप्ठ्यारो अवस्था आउनसक्ने बताए । ‘६० हजार उजुरी छानबिन गर्न त यसै पनि समयले पुग्दैन । यो कुरा हामीले सरकारलाई म्याद थप गर्दै भनेका छौं\', उनले भने, ‘अब कि स्थिति सहज बनाउनुपर्‍यो कि त अर्को टिम ल्याउनुपर्‍यो । निकास सरल छैन ।\' उनले जटिल अवस्था आउनुपूर्व दलका नेता र सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । गुरुङसँगै सदस्यहरू उदासी र श्रीकृष्ण सुवेदी पदत्याग गर्ने मनस्थितिमा छन् । तीनजनाको राजीनामापछि आयोग अल्पमतमा पर्ने भएकाले वैधानिक हैसियत गुमाउनेछ । स्रोतका अनुसार अध्यक्ष गुरुङ र भट्ट सँगै रहेर काम गर्नसक्ने वातावरण नभएकाले भट्टलाई हटाएमा गुरुङले राजीनामाको मनस्थिति बदल्न सक्छन् । तर कांग्रेस कोटाबाट सदस्य बनेकी भट्टलाई हटाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा तयार नभएपछि अध्यक्षसहितका पदाधिकारी राजीनामाको मनस्थितिमा पुगेका हुन् । केही दिनअघि अध्यक्ष गुरुङले प्रधानमन्त्री प्रचण्डसँग भेटेर भट्टलाई हटाउन आग्रह गर्दै ‘नत्र आफूले काम गर्नसक्ने अवस्था नरहेको\' जानकारी गराएका थिए । छानबिनबिना कुनै पनि सदस्यलाई हटाउन नमिल्ने कानुनी व्यवस्था छ । प्रधानमन्त्रीका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले राजीनामाको अवस्था आउन नदिन उच्चस्तरमा पहल भइरहेको बताए । ‘समाधान खोज्न गम्भीर पहल भइरहेको छ । जनशक्ति, बजेट र ऐन संशोधनको कुरो पनि मिल्छ\', श्रेष्ठले भने, ‘माथिल्लै तहमा कुरा भइरहेको छ ।\' आयोगमा पीडितका तर्फबाट ५८ हजार ५२ उजुरी दर्ता भएका छन् । म्याद समाप्त भएपछि पनि पीडितबाट झन्डै एक हजार थप उजुरी परेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending