Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कल डिटेल्समा अंकुशले अनुसन्धान प्रभावित

\"\"काठमाडौं, १५ फागुन । व्यक्तिको कल डिटेल्स र लोकेसन लिन अदालतबाट अनुमति लिनुपर्ने सर्वोच्च अदालतको आदेशले अपराध अनुसन्धान प्रभावित भएको प्रहरीले जनाएको छ । ‘अदालतको आदेशले अपराध अनुसन्धानको पहिलो चरण नै प्रभावित भएको छ । अपराधी खोज्न गाह्रो भएको छ’, अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश अमात्यले भने, ‘घटना हुनेबित्तिकै अपराधी पक्रन कठिन भएको छ ।’ अाजको अन्नपूर्ण पोस्टमा खबर छ– एसएसपी अमात्यले दैनिक सयौं उजुरी आउने भएकाले कल डिटेल्स लिन हरेकका लागि अदालतको आदेश लिनुपर्ने व्यवस्थाले गाह्रो भएको बताए । अदालतको अप्ठेरो व्यवस्थाले टेकुस्थित महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरमा केही दिनयता उजुरीकर्ताको चापसमेत घटेको प्रहरीले जनाएको छ । ‘अपराधीलाई पक्राउ गर्ने भनेकै कल डिटेल्स र लोकेसन पत्ता लगाएर हो । एउटै मुद्दाका लागि एकैदिन धेरैपटक अदालतको अनुमति माग्नुपर्ने अवस्था आएको छ’, एसएसपी अमात्यले भने । उनले अदालतले अनुमति दिइरहे पनि त्यसले अनुसन्धानमा १० प्रतिशतमात्र काम गरेको बताए । काठमाडौं प्रहरी परिसर मुद्दा शाखाका डीएसपी रवीन्द्र रेग्मी पनि कल डिटेल्स र लोकेसनमा सहज पहुँच नहुँदा अनुसन्धान प्रभावित भएको बताउँछन् । अदालतले जाहेरीवालाको पत्रपछि प्रहरीलाई कल डिटेल्स र लोकेसन हेर्न अनुमति दिने गरेको छ । यसअघि प्रहरीले चौबीसै घन्टा दूरसञ्चार प्राधिकरणसँग कल डिटेल्स र लोकेसनबारे जानकारी लिन सक्थ्यो । ‘अदालत १० बजेदेखि चार बजेसम्म खुल्छ । अनुमति त्यतिबेलै लिने हो । राति र बिदाका दिन हुने घटना सबैभन्दा बढी प्रभावित हुन्छन्’, एसएसपी कायस्थ भन्छन् । बाबुराम अर्याल, टंकराज अर्याल, तारानाथ दाहाल र सन्तोष सिग्देलको संयुक्त रिटमा फैसला गर्दै सर्वोच्चले व्यक्तिको गोपनीयताको अधिकार रक्षाका लागि भन्दै कल डिटेल्स अदालतको अनुमति लिएर मात्र पाइने निर्णय सुनाएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending