Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

संशोधन पारित नभए मानिन्न : मोर्चा

\"\"काठमाडौं, १२ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले भनेअनुसार नै परिमार्जनसहित संविधान संशोधन विधेयक पारित नभए स्वीकार नगर्ने घोषणा गरेको छ । मोर्चाले जसरी पनि परिमार्जनसहित संविधान संशोधन हुनैपर्ने अडान राखेको हो । आजको राजधानी दैनिकमा खबर छ– संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म तराई–मधेसमा कुनै पनि निर्वाचन हुन नदिने घोषणा पनि मोर्चाले गरेको छ । प्रमुख प्रतिपक्षी एमालेसहितका नौ दलीय विपक्षी गठबन्धनले संसद्बाट जे परिणाम आए पनि स्वीकार गर्ने तर सो परिणामलाई सत्तारूढ गठबन्धनमा आबद्ध मधेसी मोर्चाले पनि स्वीकार गर्ने प्रतिबद्धता जनाए मात्रै संशोधन अघि बढ्ने बटमलाइन सुनाएको छ । विपक्षीको सो अडानपछि मधेसी मोर्चाका नेताले संशोधन विधेयक जसरी पनि पारित हुनैपर्ने अन्यथा स्वीकार नगर्ने घोषणा गरेको हो । एमाले नेतृत्वको विपक्षी गठबन्धनले विपक्षमा मतदान गर्दा संशोधन विधेयक पारित हुन सक्दैन । सोही कारण मोर्चाले संशोधन पास हुनैपर्ने बताएको हो । उसको दाबीलाई विपक्षी गठबन्धनले ठाडै अस्वीकार गरिसकेको छ । संशोधनमा दुई तिहाइ नपुग्ने निश्चित भएपछि मोर्चाले पारित हुनुपर्ने सर्त राखेको हो । मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले संशोधन विधेयक संसद्बाट फेल भए स्वीकार गर्दै निर्वाचनमा सहभागी हुन नसकिने प्रस्ट पारे । मधेसी, आदिवासी, जनजाति, थारूलगायतका अधिकार संविधान संशोधन गरेर सुनिश्चित नभएसम्म आन्दोलन अझै कडा स्वरूपमा जारी रहने चेतावनी दिए । ‘मधेस आन्दोलन संविधान संशोधन विधेयक प्रक्रियामा लैजानका लागि भएको होइन, संशोधन गरेर अधिकार लिनका लागि भएको हो, दर्जनौं आन्दोलनकारीले अधिकारका लागि ज्यान गुमाएका हुन्,’ महतोले राजधानीसँग भने, ‘मधेस आन्दोलन जुन अधिकारका लागि भएको हो, त्यो अधिकार संविधान संशोधन गरेर सुनिश्चित नभएसम्म कुनै कुरा स्विकार्न सकिँदैन ।’ मधेसी मोर्चाले संविधान संशोधन परिमार्जनसहित पारित गरेर निर्वाचनमा सहभागि हुन चाहेको बताउँदै उनले संशोधन पारित गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताए । संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म आन्दोलन जारी रहने बताए । मधेसी मोर्चाको आह्वानमा बुधबार भएको मधेस बन्दका लागि कलैया पुगेका महासचिव यादवले संशोधन विधेयक परिमार्जनसहित पारित नभए स्थानीय निर्वाचन बिथोल्न हरेक गतिविधि गरिने बताए । ‘संविधान निर्माण नै प्रक्रियागत हिसाबले भएको छैन, संविधान निर्माण गर्दा ठूला दलले प्रक्रिया मिचेर अगाडि बढेपछि मधेस आन्दोलन सुरु भएको हो,’ यादवले भने, ‘मधेस आन्दोलन, थारू आन्दोलनको माग पूरा नभएसम्म कुनै कुरा स्वीकार्य हुँदैन, हाम्रो आन्दोलन जारी रहन्छ ।’ संविधानमा सबैको अधिकार सुनिश्चित गरेर सर्वस्वीकार्य बनाउन मधेसी मोर्चासहितको संघीय गठबन्धनको माग रहेकाले त्यो सम्बोधन हुनुपर्ने उनको जिकिर छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE