Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

८२ दिनमा स्थानीय तहको निर्वाचन

\"\"काठमाडौं, १० फागुन । सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । अबको ८२ दिनमा देशभर एकै चरणमा निर्वाचन गर्नेगरी मिति घोषणा भएको हो । आजको नयाँ पत्रिकामा खबर छ– मन्त्रिपरिषद्को सोमबार तेस्रोपटक बसेको बैठकले स्थानीय तहको निर्वाचन मिति तय गरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने, ‘अब मुलुक निर्वाचनमा अघि बढेको छ । निर्धारित समयमा नै निर्वाचन सम्पन्न हुन्छ ।’ ०५४ यता स्थानीय निकायको निर्वाचन भएको थिएन । त्यतिवेलाका पदाधिकारीको पदावधि ०५९ मा सकिएको थियो । यसअघि सोमबारै दुईपटक बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ देशमा राजदूत नियुक्तिको सिफारिस तथा पाँच सचिव र एक सहसचिवको सरुवासमेत गरेको थियो । निर्वाचन घोषणा गरेपछि नियुक्ति, बढुवा तथा सरुवा गर्न नपाउने प्रावधान छ । स्थानीय तहको निर्वाचन मिति घोषणा भए पनि स्थानीय तह कार्यान्वयनमा आइसकेको छैन । स्थानीय तह पुनर्संरचना आयोगले निर्धारण गरेको स्थानीय तहमा केहि संख्या थपेर छिटै अन्तिम रुप दिने मन्त्रिपरिषद्को निर्णय छ । मन्त्रिपरिषद्ले निर्वाचन गर्न १० अर्व २९ करोड ६३ लाख रुपैयाँ तत्काल निर्वाचन आयोगलाई निकासा दिने निर्णय समेत गरेको छ । निर्वाचन आयोगको आवश्यकता अनुसार थप रकम निकासा गर्दै जाने पनि बैठकको निर्णय छ । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले सुरक्षा खर्च वाहेक तत्कालका लागि माग गरिए अनुसार नै सरकारले रकम निकासा दिने निर्णय गरेको जानकारी दिए । निर्वाचन मिति तय गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृह मन्त्री विमलेन्द्र निधि, ऊर्जा मन्त्री जनार्दन शर्मा, मुख्य सचिव डा सोमलाल सुवेदीले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए । प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादव, सवै आयूक्त तथा आयोगका सचिव गीपीनाथ मैनालीसँगको छलफलमा ३१ वैशाखमा एकै चरणमा निर्वाचन गर्ने सहमति भएको थियो । यसअघि आयोगले १ वैशाख र २१ वैशाख गरि दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको थियो । आयोगले सबै तयारी गर्न कम्तिामा एक सय २० दिन आवश्यक पर्ने जनाएको थियो । तर, ८२ दिनमा निर्वाचन गर्ने सरकारको निर्णयपछि आयोगले चुनौती रहे पनि दिनरात खटिएर भए पनि घोषित दिनमै निर्वाच्न गर्ने जनाएको छ । आयोगका सचिव मैनालीले भने, ‘तोकिएको समयमा निर्वाचन हुन थूप्रै चुनौती छन् । तर, हामी अहोरात्र खटिएर भए पनि सरकारले घोषणा गरेको दिनमै निर्वाचन सम्पन्न गराउने तयारीमा लागेका छौं ।’    
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: