Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

लिभिङ टुगेदर बिग्रिए बलात्कार !

\"\"काठमाडौं, ९ फागुन । गोरखाका २८ वर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ वर्षअघि काठमाडौंमा ‘लिभ(इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए। कोरियामा रहँदा पनि बिनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो । आजको नागरिक दैनिकमा खबर छ– बिनोदले अनितालाई नियमित रुपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने बिनोदले अनितासँग बिहे गर्न अस्वीकार गरे। आफू कोरियामा भएको बेला अनिताले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको बिनोदको दाबी थियो । बिनोदले बिहे गर्न अस्वीकार गरेपछि अनिताले गत असोज ३० मा महानगरीय प्रहरी वृत्त महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा उजुरी गरिन् । केन्द्रले समस्या समाधानका लागि पहल गरे पनि सहमति जुट्न नसकेपछि अनिताले बिनोदविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दायर गरिन्। बलात्कारको आरोप लगाए पनि अनुसन्धानका क्रममा बिनोदको दाबी बलियो देखियो भने अनिताको पनि गल्ती देखियो। त्यसपछि अदालतले बिनोदलाई धरैटीमा रिहा गर्‍यो । सामान्यतया यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भए पनि यस घटनामा केटीको गल्ती देखिएकोले अदालतले बिनोदलाई धरौटीमा छोडेको थियो। महानगरीय प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र, कालीमाटीका अनुसार काठमाडौंमा पछिल्लो समय लिभिङ टुगेदर ठूलो चुनौती बनिरहेको छ । केन्द्रकी प्रमुख सुभद्रा वाइबाका अनुसार लिभिङ टुगेदरमा रहनेबीच असमझदारी भएपछि उजुरी लिएर सेवाकेन्द्र आउनेको संख्या बढेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE