Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

कुवेतमा पाँच नेपालीलाई मृत्युदण्ड सुनाइयो

\"\"काठमाडौं, ९ फागुन । कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो । उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन् । आजको कान्तिपुरमा खबर छ– कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय तोकेको छ । आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका कार्कीलाई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको हो । रानाभाट दुई वर्षअघि पक्राउ परेका थिए भने अन्यलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषध कारोबारको मुद्दा चलाइएको थियो । कुवेतस्थित नेपाली दूतावासले नेपाल सरकारलाई मृत्युदण्डको सजायबारे जानकारी गराएको छ । कुवेत सरकारले सजायसम्बन्धी विवरण हालै नेपाली दूतावासलाई बुझाएको थियो । तल्लो अदालतको यो सजायविरुद्ध उनीहरूले पुनरावेदन र उच्च अदालतसम्म जान पाउने व्यवस्था रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार रानाभाटले वकिल राखेर प्रतिरक्षा गर्ने तयारी गरेका छन् । ‘उनीहरूको अवस्था बुझ्न दूतावासबाट निरन्तर जेल भ्रमण भइरहेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले भने, ‘हामी कानुनी सहायताका साथै आवश्यक कागजात तयार परेर कन्सुलर सेवा दिइरहेका छौं ।’ मृत्युदण्डको सजाय सुनाइएका केही नेपालीले अभियोग स्वीकार गरेको र केहीले भने आफूलाई फसाइएको बयान दिएको दूतावासले जनाएको छ । प्रहरीले उनीहरूलाई अलग–अलग स्थानबाट पक्राउ गरेको थियो । कुवेतमा लागूऔषध सेवन र कारोबारलाई संगीन अपराधको रूपमा लिइन्छ । लागूऔषध कारोबार गरेको पुष्टि भएको भन्दै केही महिनाअघि पनि दुई कुवेतीसहित दुई बंगलादेशी, दुई इजिप्सियन र एक फिलिपिनोलाई फाँसी दिइएको थियो । हाल कुवेतको जेलमा ९ महिलासहित ६१ नेपाली छन् । यीमध्ये करिब ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन मुद्दामा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध त्यहाँको अदालतमा मुद्दा चलिरहेको छ । पक्राउ परेकामा प्राय: गैरकानुनी हैसियतमा बस्दै आएका नेपाली छन् । पक्राउ परेकामध्ये अधिकांशले आफूलाई थाहा नदिई ‘हल्कारा’का रूपमा प्रयोग गरेर फसाइएको दूतावासबाट भेट्न गएका अधिकारीहरूलाई बताएका छन् । आजीवन काराबासको सजाय पाएका कार्कीका आफन्तका अनुसार दुई जना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेका बेला उनी पक्राउ परेका थिए । लागूऔषध सेवनकर्ताले निर्दोष छ भन्दासमेत सजनलाई नछोडिएको ती आफन्तले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE