Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

राजस्व विभाग ताकेका सहसचिवलाई मन्त्रालयमा छटपटी

\"\"काठमाडौं, ८ फागुन । नेपालको अर्थतन्त्र यतिबेला पुँजीगत खर्च नहुने रोगले ग्रस्त छ । समयमै बजेट आएपनि पुँजीगत खर्च भने चालू आर्थिक वर्षको सात महिनामा जम्मा ११ प्रतिशतमा सीमित छ । देशान्तर साप्ताहिकमा खबर छ– अर्थमन्त्री कृष्णबहादुर महरा पुँजीगत खर्च हुन नसक्नुको कारण खोजी र समाधानमा प्रयासरत देखिन्छन् । तर अर्थ मन्त्रालयका केही उपल्ला कर्मचारी भने कसरी हुन्छ मालदार अड्डामा जाउ भन्नेमा दत्तचित्त भएर लागेका छन् । नेपाल सरकारका सहसचिव लक्ष्मण अर्याल अर्थ मन्त्रालयमा कार्यरत एकजना त्यस्तै सरकारी अधिकृत हुन् जसको कारणले अर्थ मन्त्रालयको नेतृत्व यतिबेला हायलकायल बनेको छ । पाँच वर्षअघि सतहमा आएको बहुचर्चित भ्याट छली प्रकरणमा नाम जोडिएका अर्याल यतिबेला अर्थ मन्त्रालयको नीति विश्लेषण महाशाखा प्रमुख छन् । भ्याट प्रकरणपछि लामो समयसम्म मन्त्रालयमै बसेर सेफ ल्यान्डिङ गरेका अर्याल त्यो प्रकरण सामसुम भएपछि फेरि एकपटक कमाउ अड्डाको खोजीमा लागेका हुन् । यसका लागि उनले मन्त्रालयमा बसेर अनेक तिकडम गरिरहेको स्रोत बताउँछ । अर्थ मन्त्रालय स्रोतका अनुसार उनी आन्तरिक राजस्व विभागको महानिर्देशक बन्न कम्मर कसेर लागि परेका छन् । गत वर्षदेखि नै आन्तरिक राजस्व विभाग ताकेका अर्यालको यो सपना भने अहिलेसम्म पूरा हुन भने पाएको छैन । यसको झोकमा उनी मन्त्रालयमा बसेर कसरी हुन्छ राजनीतिक नेतृत्वलाई खुइल्याउने, नयाँनयाँ नीतिनिर्माणका काममा टाङ अडाउने काममा तल्लीन रहेको स्रोतले बतायो । अर्थ मन्त्रालयलाई सवल बनाउने, आर्थिक परिचालन प्रभावकारी बनाउने नेतृत्वको प्रयासमा उनी सँधै नकारात्मक धारणा मात्रै अघि सारिरहेका छन् । त्यसैले केही समय अघिसम्म राजस्व महाशाखाका प्रमुख रहेका अर्यालयको काम सन्तोषजनक नभएपछि हाल उनी नीति विश्लेषण शाखामा सरुवा भएका छन् । त्यहाँ बसेर अउनी अर्थमन्त्रीलाई सहयोग गर्नुको सट्टा आन्तरिक राजस्वमा जान खोजिरहेको स्रोत बताउँछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: