Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

राप्रपामा अध्यक्षको उम्मेदवारी महँगो

\"\"काठमाडौं, ८ फागुन । कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति उल्टिएपछि राप्रपा महाधिवेशनमा नेतृत्वको रस्साकस्सी भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– नेताहरूबीच आइतबारसम्म कुनै सहमति नभए अध्यक्षमा पार्टी अध्यक्ष थापा र राष्ट्रिय अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीबीच प्रतिस्पर्धा हुनेछ । आइतबार दिउँसो अध्यक्षसहित केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताको कार्यक्रम छ । राप्रपामा उम्मेदवारी दर्ता गराउन मात्र ७ हजारदेखि ५० हजार रुपैयाँ तोकिएको छ । प्रवक्ता राजाराम श्रेष्ठका अनुसार अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउन ५० हजार शुल्क लाग्नेछ । केन्द्रीय सदस्यले सात हजार रुपैयाँ बुझाउनुपर्नेछ । शनिबार नै मतदाता नामावली सार्वजनिक गरिएको छ । उम्मेदवारी दर्तासहितका निर्वाचनका प्रक्रिया आइतबार हुने र सोमबार मतदान हुनेछ । नेता लोकेन्द्रबहादुर चन्दको निवासमा गत बुधबार भएको बैठकमा अध्यक्ष थापालाई सर्वसम्मत बनाउन चन्द, थापा, पशुपतिशमशेर राणा र डा. लोहनीबीच सहमति भएको थियो । तर, लोहनीले पार्टी एकताको स्पिरिटलाई विलयका अर्थमा बुझिएको भन्दै आफू अघि बढ्ने सार्वजनिक गरेपछि नेतृत्वमा भीडन्त हुने भएको हो । लोहनीले शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा पनि शक्ति सन्तुलनमा सहमति भए मात्र थापालाई सर्वसम्मत बनाउन सकिने प्रस्ट भनाइ राखेका थिए । ‘दुई पक्ष मिलेर महाधिवेशनमा जाँदै छौँ । त्यसैले दुवैको शक्ति सन्तुलन भएर जाने हो भने सहमति हुन्छ,’ उनको भनाइ थियो । अन्यथा आफूहरूले उम्मेदवारी घोषणा गर्ने जनाउ उनले दिएका थिए । लोहनी अध्यक्ष मात्र नभएर पदाधिकारीसमेत प्रतिनिधिले चुन्न पाउनुपर्ने पक्षमा छन् । राप्रपामा पदाधिकारीमा अध्यक्षको मात्र चुनाव हुँदा २३ पदाधिकारी अध्यक्षले मनोनीत गर्ने प्रावधान छ । यस्तो व्यवस्था राख्दा पार्टी एकता गरेकोभन्दा विलय गराएको सन्देश जाने डरका कारण लोहनीको अडान सार्वजनिक भएको निकटस्थले बताएका छन् । स्रोतका अनुसार पूर्वअध्यक्ष राणाले पनि लोहनीलाई मौन समर्थन गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: