Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

‘अब राजासहितको लोकतन्त्र'

काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा अब वैधानिक रूपमा राजासहितको लोकतन्त्र स्थापना गर्ने घोषणा गरेको छ । राजधानीमा शुक्रबार आयोजित एकता महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष पदका प्रत्यासी कमल थापाले भने, ‘अहिले मुलुकमा गणतन्त्र स्थापना भएको छ । संविधानसभाको दुई तिहाइभन्दा बढीले पारित गरेको अहिलेको संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं । हामी निर्वाचनमार्फत संसद्मा हैसियत बनाएर मुलुकमा राजासहितको लोकतन्त्र कायम गर्छौं ।\' अाजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रधानमन्त्री प्रचण्डतर्फ संकेत गर्दै थापाले भने, ‘तपार्इं बेला-बेलामा चमत्कार गर्नुहुन्छ, अब यो कार्यमा पनि तपार्इं-हामी मिलेर चमत्कार गरौं ।\' उनले मुलुकमा चुनावी राजनीति भन्दामाथि रहने सांस्कृतिक र राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था स्थापनाको आवश्यकता भएको बताए । थापाले नेपालको इतिहासमा लामो समय योगदान पुर्‍याएको संस्थाको सदुपयोग गर्न पनि आग्रह गरे । आफूले प्रधानमन्त्री प्रचण्डसँग छलफल र काम गर्दा प्रधानमन्त्री आफूनिकट भएको अनुभूति हुने गरेको र यसका लागि राष्ट्रियताको मुद्दाले काम गरेको थापाको धारणा छ । अहिलेको परिवर्तनकारी शक्ति र राजसंस्थावादी शक्ति एकअर्कासँग टाढा नहुन अग्रह गर्दै उनले भने, ‘अब राजसंस्थावादी शक्ति गणतन्त्रवादीसँग नतर्स, गणतन्त्रवादी शक्ति राजसंस्थासँग नझस्क ।\' संविधान संशोधन गरेर मधेसवादी शक्तिका माग सम्बोधन गरिने भनिए पनि अहिले दर्ता भएको प्रस्तावको पक्षमा राप्रपा नभएको उनले बताए । उनले स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गर्न माग गर्दै त्यसो गरे सबैभन्दा पहिला आफ्नो पार्टीले स्वागत गर्ने घोषणा गरे । महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै आवेग र उत्तेजनामा निर्णय गर्ने पार्टी नभएको भन्दै राप्रपाको प्रशंसा गरे । ‘संविधान जारी गर्दा राप्रपा र हामीबीच केही कुरामा मतभेद थिए तर राप्रपाले निर्वाह गरेको भूमिकापछि मलाई लाग्यो, अनुभवी र पाका नेताको सुझबुझपूर्ण निर्णय थियो\', उनले भने । संविधान कार्यान्वयन नभए देश राजनीतिक दुर्घटनामा पर्ने भएकाले त्यसलाई जोगाउने गरी भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीले राप्रपा नेतृत्वसँग आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले संविधान जारी गर्ने बेला आफू र केपी ओलीको सल्लाहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रतिबद्धताअनुरूप भएको दाबी गरे । संविधान संशोधन र निर्वाचन एकै साथ अगाडि बढ्ने घोषणासमेत उनले गरे । राप्रपा अध्यक्ष थापा र आफूबीच भावनात्मक एकता भएको सन्दर्भ सुनाउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘म कम्युनिस्ट विद्रोही, वैचारिक रूपमा उहाँसँग धेरै फरक छौं, त्यो दर्शनका कारणले पनि होला । तर, किन हो मलाई राप्रपा भनेपछि नजिकको जस्तो लाग्छ, मिलौं-मिलौं जस्तो लाग्छ, सहकार्य गरौंगरौं जस्तो लाग्छ, तपाईंहरू हामीबाट टाढा नभइदिनुहोला ।\' प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा दर्ता भएको संशोधन प्रस्तावका विषयमा प्रस्ट भएर आउन राप्रपालाई सुझाव दिए । ओलीले भने, ‘कसैलाई कुनै कुरा आवश्यक भयो भन्दैमा अरूले जबर्जस्ती मानिदिनुपर्ने भन्ने कुरा कताबाट आयो ? \' ओलीले जनताको भावनाविपरीत आएको संशोधन प्रस्ताव पास नहुने दाबी गरे । उनले राप्रपाले सही नीति लिए एमालेबाहेक अरूलाई धक्का दिने दाबी गरे । ‘तपार्इंहरूले सही नीति लिनुभयो भने एमालेबाहेक अरूलई धक्का मात्र होइन, उछिन्न सक्नुहुन्छ ।\' कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अनिवार्य भएको बताए । ‘निर्वाचनमा सबैको सहभागिताका लागि संविधान संशोधन अनिवार्य छ । त्यसैले यो पारित गरेर सहभागिता जुटाऊँ\' देउवाले भने । तराई-मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले संविधान संशोधन गरी प्रदेशको सीमा हेरफेर गर्दा देश टुक्र्याउने आरोप लगाउनु हास्यास्पद भएको टिप्प्णी गरे । ‘तराईमा जब औलोको महामारी चलेको थियो त्यसबेला मधेसी, आदिवासी, थारू भन्दा कोही थिएनन्, त्यसबेला तराईको रक्षा तिनैले सिमानामा उभिएर गरेका हुन्, त्यसबेला वन फाँडेर बस्नेहरू कोही थिएनन्,\' त्रिपाठीले भने । मधेसी जनाधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि तीन ठूला दल मिल्न सुझाव दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending