Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

राप्रपाले स्वीकार गर्यो संघीयता

\"\"काठमाडौं, ६ फागुन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रथम एकता महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो अडानबाट पछि हट्दै संघीयता स्वीकार गर्ने संकेत दिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– ‘संघीयता वर्तमान राजनीतिक यथार्थ बनिसकेकाले कम क्षति हुने यसको कार्यान्वयन गर्ने तथा हिन्दु राष्ट्र र राजतन्त्रबारे समुचित निर्णय लिने सहमतिसाथ पार्टीको चारदिने एकता महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुरु हुँदै छ । राप्रपा अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भइसकेका छन् । पटकपटकको एकता र विभाजनबाट गुज्रिएको राप्रपाको भावी नेतृत्व महाधिवेशन सुरु हुनुभन्दा दुई दिनअघि सर्वसम्मत भएको हो । थापालाई अध्यक्ष पदमा निर्विरोध गराउन बुधबार अध्यक्ष पदका प्रत्याशी मानिएका पशुपतिशम्शेर राणा तथा डा. प्रकाशचन्द्र लोहनीले संयुक्त हस्ताक्षर गरी समर्थनको प्रतिबद्धता जनाएका थिए । पार्टी नेता लोकेन्द्रबहादुर चन्दले पनि सोही सहमतिमा हस्ताक्षर गरी थापालाई समर्थन गरेका थिए । महाधिवनेश सुरु हुनुअघि नै अध्यक्ष पदमा निर्विरोध नेतृत्व चयन गरेको इतिहास अन्य दलका लागि पनि ऊर्जा हुने विश्वास थापाले व्यक्त गरे । महाधिवेशनको दुई दिनअघि अध्यक्ष पदमा निर्विरोध निर्वाचित थापाले संघीयता सिद्धान्ततः आवश्यक नभए पनि अहिले यो राष्ट्रिय यथार्थ बनिसकेको बताए । ‘संघीयता तत्काल फर्काउन सक्ने स्थितिमा हामी छैनौं । राप्रपाको प्रयास संघीयता कार्यान्वयनमा राष्ट्रलाई कमभन्दा कम क्षति हुने गरी राष्ट्रिय एकता, अखण्डतामा आँच नपुर्‍याउनेतर्फ केन्द्रित हुनेछ । संघीयता कार्यान्वयन गर्दा हिमाल, पहाड र तराईको सम्बन्ध नटुटोस् । आर्थिक रूपमा सक्षम होउन् भन्ने हाम्रो प्रयास हुनेछ\', अध्यक्ष थापाले भने । ‘पार्टी एकताको मुख्य उद्देश्य र आधार भनेकै देशमा उत्पन्न संकटबाट राष्ट्र र जनतालई मुक्त गराउनु हो । यसबाहेक एकताका लागि कुनै दृश्यरअदृश्य कारण र आधार छैन । राजसंस्था पुनर्बहालीका लागि मात्र होइन\', थापाले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: