Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

संसारकै अग्लो बाँध उच्च जोखिममा, १ लाख ८० हजार विस्थापित

\"\"काठमाडौं, ३ फागुन । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको संसारकै अग्लो ओरोभिल बाँध फुट्ने खतरा बढेपछि करिब १ लाख ८० हजारलाई अन्यत्रै सारिएको छ । भारी वर्षाका कारण क्यालिफोर्नियामा रहेको सो बाँधमा पानीको मात्रा बढी भएको र पुरानो बाँध कमजोर भएको अधिकारीहरूले जनाएका छन् । आजको राजधानी दैनिकमा खबर छ– अधिकारीहरूले पानी भरिएपछि ७ सय ७० फिट अग्लो ओरोभिल बाँधको तटबन्ध फुट्ने खतरा पैदा भएको उल्लेख गरेका छन् । पानीका कारण बाँधमा खतरा उत्पन्न भएपछि आपत्कालीन ढोका खोलेर पानी बाहिर पठाइएको छ । अहिले पानीको ओभरफ्लो बन्द भएको जनाइएको छ । क्यालिफोर्नियामा केही वर्षदेखि सुक्खा पर्दै आएको छ । तर, यस वर्ष भने वर्षा र हिमपातका कारण जलाशयमा पानीको सतह बढेको छ । पछिल्लो ५० वर्षमा यो तालमा यस्तो आपत्कालीन अवस्थाको घोषणा गरिएको यो पहिलो घटना हो । क्यालिफोर्नियाको जल संसाधन विभागले तालबाट क्युबिक फिट प्रतिसेकेन्ड पानी छोडिएको जनाएको छ । प्रशासनले जलस्तर कम भइरहेको र आपत्कालका लागि जलाशयमा पानीको स्तर खतराको संकेतभन्दा चार इन्च कम भइरहेको जनाएको छ । इन्जिनियरले जलाशयको कंक्रिटको एक हिस्सा बगेको देखेपछि पानी आपत्कालीन ढोकाबाट खोलिएको थियो । सो तालमा उत्पन्न खतराका कारण तालको दक्षिण क्षेत्रमा रहेका १६ हजार जनतालाई तालभन्दा उत्तरतिरको सुरक्षित स्थानमा जान भनिएको हो । गत साता बाँधको एक भाग भत्किएको पाइएपछि शुक्रबार क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीलाई आपत्कालीन अवस्थाको घोषणा गर्न आदेश दिएका थिए । सो बाँधमा यसरी पानीको मात्रा बढी भएर आपत्कालीन अवस्थाको घोषणा गर्नुपरेको यो सन् १९६८ पछिको पहिलो घटना हो । निकै पुरानो भएका कारण बाँध कमजोर बनेका अधिकारीहरूले जनाएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending