Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

रामचन्द्र झालाई बाबुरामले धोका दिएपछि...

काठमाडौं, २ फागुन । नेपालीमा एउटा भनाइ छ– ‘चौटा खान गएकी बूढी झोलमा डुबेर मरी ।’ यो भनाइ अरुको हकमा कत्तिको लागू हुन्छ, थाहा छैन । तर, राजनीतिक अवसर लुट्न एकपछि अर्को राजनीतिक दल चहार्दै हिंडेका मेधसी नेता रामचन्द्र झामा भने ठ्याक्कै मिल्छ । साँघु साप्ताहिकमा खबर छ– सुरुमा एमालेमा रहका झाले त्यहाँ रहँदा राम्रै अवसर पाए । तर, झालाई त्यतिले मात्रै पुगेन, अझै बढी चाहियो । उनी अवसरकै खोजीमा प्रचण्ड नेतृत्वको माओवादीमा हेलिए, तर प्रचण्डले पनि उनलाई हिस्स बनाइदिए । त्यसपछि बाबुरामको दौराको फेरो समातेर आफ्नो गुमेको राजनीतिक शक्ति आर्जन गर्न झा कस्सिए । तर, झा कस्सिएर मात्र के गर्नु ? उनको चाहना जता गए पनि पूरा हुने छनक देखिएको छैन । नयाँ शक्तिले भाउ नदिएर पेन्डुलम बनाएपछि झा यतिबेला धोका दिएको निष्कर्षमा मात्रै पुगेका छैनन्, आफूनिकटकासँग भन्न थालेका छन्– ‘आखिर बाबुरामले पनि धोका नै दिए ।’ बाबुरामले आफूपछि दोस्रो वरियताको नेता बनाउने आश्वासन दिएर माओवादीबाट ल्याए पनि बतनअनुसारको भूमिका नदिएपछि पहिलेदेखि नै असन्तुष्ट बनेका झा यतिबेला संगठन निर्माणमा बाबुराम उनको चाहनाअनुसार अघि नबढेपछि क्रुद्ध नै बन्न पुगेका छन् । झाले केही दिनअघि मात्रै बाबुरामलाई पार्टी छाड्नेसम्मको धम्की दिएका थिए । अधिकांश प्रदेशहरुमा देवेन्द्र पौडेल निकट व्यक्तिले जिम्मेवारी पाएपछि झाले नयाँ शक्तिभित्र आफू असुरक्षित हुँदै गएको महसुस गर्न थालेका छन् । झाले बाबुरामसँग पार्टी संगठनहरुमा आफ्नो हिस्सा माग्दै आइरहेका छन् । विशेष गरेर झाले उनको निर्वाचन क्षेत्र रहेको प्रदेश २ का जिल्लाहरुमा आफ्नो हिस्सा खोजेका थिए । तर, यी अधिकांश जिल्लामा देवेन्द्र पौडेलनिकट जिल्ला प्रतिनिधि छनौट भएपछि झा तिल्मिलाएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: