Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

निर्वाचन प्रतिबद्धता अझै अलमलमै सरकार

\"\"काठमाडौं, २ फागुन । आगामी जेठभित्र निर्वाचन सम्पन्न गर्ने गरी यसै साता निर्वाचन मिति घोषणा गर्ने विषयमा सरकार फेरि अलमलमा परेको छ ।सरकार तत्काल निर्वाचन मिति घोषणा गरे मधेसी मोर्चालगायत असन्तुष्ट पक्षले निर्वाचनमा भाग नलिने र मिति घोषणा नगरे संविधानले तय गरेको समयसीमा गुज्रँदै गएकाले कस्तो रणीनीति अख्तियार गर्ने भन्ने अन्योलमा परेको हो । आजको राजधानी दैनिकमा खबर छ– मोर्चाले संविधान संशोधनअघि निर्वाचन मिति घोषणा भए बहिष्कार गरी आन्दोलनमा जाने चेतावनी दिँदै आएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने तत्काल निर्वाचन मिति घोषणा गर्न दबाब दिँदै आएको छ । यता, निर्वाचन आयोगले फागुनको पहिलो सातासम्म सरकारले निर्वाचन मिति घोषणा गरे मात्र १ र २१ जेठमा स्थानीय निर्वाचन गर्न सकिने सरकारलाई जानकारी गराइसकेको छ । संसद्को पहिलो दल नेपाली कांग्रेस र तेस्रो दल माओवादी केन्द्रबीच गत साउनमा निर्वाचनका लागि सत्ता गठबन्धन बने पनि अहिलेसम्म निर्वाचनका विषयमा अन्य दलहरूबीच सहमति जुटाउन नसक्दा निर्वाचनको मिति घोषणा हुन सकेको छैन । सरकारले निर्वाचन आगोगलाई स्थानीय निर्वाचन १० जेठभित्र गर्ने गरी तयारी गर्न पत्राचार गरेपछि आयोगले भने फागुन पहिलो सातासम्म निर्वाचन घोषणा भए १ र २१ जेठमा गरी दुई चरणमा निर्वाचन गर्न सकिने जनाउदिएको हो ।कानुनमन्त्री अजयशंकर नायकले सरकार स्थानीय निर्वाचनको वातावरण बनाउन लागिरहेको दाबी गरे । उनले दलहरूका बीचमा सहमति गर्ने प्रयासमा सरकार लागिरहेको र कुनै न कुनै बिन्दुमा सहमति हुने बताए । ‘दलहरूका बीचमा सहमतिका लागि सरकार लागिरहेको छ । मोर्चाका नेताहरूसँग पनि संवाद जारी छ । औपचारिक तथा अनौपचारिक रूपमा वार्ता भइरहेका छन् । कुनै न कुनै बिन्दुमा सहमति भएर छिट्टै निर्वाचन मिति घोषणा हुन्छ,’ मन्त्री नायकले भने । कांग्रेसका तर्फबाट सरकारमा सहभागी उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकार निर्वाचनलाई सर्वस्वीकार्य बनाउन र निर्वाचनमा सबैको सहभागिता गराउने वातावरण निर्माण गर्न सहमतिका लागि छलफलमा लागिररहेको बताए । ‘निर्वाचनमा सबै सहभागी हुनुपर्छ भन्ने ध्येय सरकारको हो । सबै दलसँगको सहमतिबाट निर्वाचन गराउन सरकार प्रतिबद्ध छ । केही दिनभित्रै निकास निस्कन्छ र निर्वाचन मिति घोषणा हुन्छ,’ मन्त्री जोशीले भने । निर्वाचनका विषय एकपछि अर्को गर्दै अल्झिनुमा एकातिर संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक टुंगो लाग्न सकेको छैन भने अर्कातिर सरकारमा सहभागी दलहरू नै पहिले संशोधन कि निर्वाचन भन्ने अन्योलमा छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: