Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

‘स्थानीय निकाय’ वा ‘स्थानीय तह’ निर्वाचनसम्बन्धी निर्णय फागुन ११ मा

\"\" काठमाडौँ, २६ माघ ।  सर्वोच्च अदालतले स्थानीयस्तरको निर्वाचन पुरानै संरचनामा ‘स्थानीय निकाय’ वा नयाँ संविधानअनुसार नयाँ संरचनामा ‘स्थानीय तह’ को निर्वाचन गर्ने विषयमा आगामी फागुन ११ गते निर्णय सुनाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिल सिन्हाको संयुक्त इजलासले आज उक्त विषयमा फागुन ११ गते निर्णय सुनाउने भएको हो । स्थानीय निकाय निर्वाचनको मिति घोषणा माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, लीलाधर उपाध्याय, पर्शुराम उपाध्याय, विजया गौतमलगायतले गत वैशाख २१ मा संयुक्त रुपमा निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतका न्यायाशीधद्वय हरिकृष्ण कार्की र चोलेन्द्र शमशेरको संयुक्त इजलासले पुरानै संरचनामा स्थानीय निकाय निर्वाचन गर्न सकिने हो वा होइन भन्ने गम्भीर संवैधानिक प्रश्न भएको भन्दै छ जना एमीकस क्युरी (अदालतको मित्र) मगाउने आदेश गरेको थियो । सो आदेशअनुसार आज नेपाल बार एसोसिएनबाट तीन जना वरिष्ठ अधिवक्ता सुशील पन्त, प्रेमबहादुर खड्का, विश्वकान्त मैनाली र सर्वोच्च बारबाट तीन जनामध्ये वरिष्ठ अधिवक्ता शैलेन्द्र दाहालले बहस गरेका थिए । सर्वोच्च बारकातर्फबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र विपुलेन्द्र चक्रवती उपस्थित हुनुभएको थिएन । अदालतको मित्रका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले भने, “गम्भीर संवैधानिक विषय संवैधानिक इजलासबाट गर्नुपर्छ, १४ वर्षदेखि स्थानीय निकायको निर्वाचन नभएको हुँदा स्थानीय निकायको निर्वाचन नभई स्थानीय तहको निर्वाचन हुन सक्दैन ।” वरिष्ठ अधिवक्ता खड्काले लोकतन्त्रमा नियमित निर्वाचन हुनुपर्ने उल्लेख गर्दै संविधानअनुसार २०७४ साल माघ ७ सम्म तीनै निकायको निर्वाचन गर्नुपर्ने भएकाले स्थानीय निकायको निर्वाचन गर्न उपयुक्त आदेशको माग गरे । वरिष्ठ अविधक्ता शैलेन्द्र दाहालले भने, “स्थानीय निकाय र स्थानीय तह एकैपटक दुवै रहन सक्दैन, स्थानीय तहको व्यवस्था भए पनि स्थानीय निकायको निर्वाचन गरेर जानुपर्छ ।” निवेदकका तर्फबाट अधिवक्ता डा ज्ञवालीले नयाँ संरचनामा स्थानीय तहको निर्वाचन गर्न कानुन बनाउनुपर्ने र समय लाग्ने भएको हुँदा तत्काल स्थानीय निकायको निर्वाचन गर्दा छिटो गर्न सकिने तर्क राखे । “स्थानीय तहको निर्वाचन गर्न कानुन निर्माण गर्नुपर्छ, सबै पूरा गर्दा लामो समय लाग्न सक्छ, तत्काल निर्वाचन गर्नका लागि स्थानीय निकायकै निर्वाचन गर्दा उपयुक्त हुन्छ” उनले भने । अधिवक्ता लीलाधर उपाध्यायले स्थानीय निकाय वा स्थानीय तहको निर्वाचन गर्नका लागि सरकारले अदृश्य तरिकाले घोषणा मात्र गर्ने भनेर नपुग्ने र आवश्यक तयारी गरेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने तर्क राखेका थिए । विसं २०५९ असारमा पदावधि सकिएयता स्थानीय निकाय निर्वाचन हुन सकेको छैन । यसअघि सर्वोच्च अदालतले स्थानीय निर्वाचन नहुँदा जनतामा परेको प्रभावबारे ध्यान दिई निर्वाचन वातावरण बनाउन सरकारलाई तेस्रोपटक ध्यानाकर्षण गराएको थियो । स्थानीय निर्वाचनसम्बन्धी चौथोपटक सर्वोच्चले ध्यानार्कषण गराउने आगामी फागुन ११ गते निर्णय सुनाउनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending