Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

तोकिएको अवधिभित्रै तीनवटै निर्वाचन हुन्छ – उपप्रम महरा

\"\"धादिङ, २६ माघ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले २०७४ माघ ७ गतेभित्रै तीनवटै निर्वाचन सम्पन्न हुने कुरामा शङ्का नगर्न राजनीतिक दलहरुसँग आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ, धादिङ शाखाको संयोजनमा नेपाल पत्रकार महासङ्घ मध्यमाञ्चल क्षेत्रीय समितिले धादिङबेँसीमा आयोजना गरेको सम्मान कार्यक्रममा उपप्रधानमन्त्री महराले त्यस्तो आग्रह गरेका हुन । उद्घाटन मन्तव्यमा उपप्रधानमन्त्री महराले लोकतन्त्र प्राप्तिको आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि त्यस्तै भूमिका निर्वाह हुने अपेक्षा राखिएको समेत बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल र धर्मेन्द्र झालाई अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र महासङ्घको संस्थागत विकासका लागि पु¥याएको योगदानबापत सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । त्यस्तै क्षेत्रीय समितिबाटै उत्कृष्ट शाखाका रुपमा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखालाई र २० वर्षभन्दा माथि लामो समयसम्म पत्रकारिता गर्दै आएका सत्यप्रकाश श्रेष्ठ र कृष्णराज परियारलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धादिङ शाखाबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र आकुरावका केन्द्रीय अध्यक्षमा निर्वाचित हुन हुने धादिङ शाखामा आबद्ध रहेका पत्रकार सुभास खतिवडालाई पनि सम्मान गरियो । क्षेत्रीय समितिका संयोजक शीतलप्रसाद महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद गुरुप्रसाद बुर्लाकोटी सम्मानित हुने पत्रकारहरुको तर्फबाट वरिष्ठ पत्रकार हरिहर विरही, प्रजिअ उमेश ढकाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष कुलचन्द्र वाग्ले र राजनीतिक दलका प्रमुखहरुले समसामयिक राजनीति र सञ्चार क्षेत्रको अवस्थामाथि प्रकाश प्रकास पारेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending