हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता जनाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, हुम्लाले आयोजना गरेको निर्वाचन आचार संहिता सम्बन्धी अभिमुखीकरण तथा कार्यान्वयनबारेको छलफल कार्यक्रममा सहभागी राजनीतिक दलका उम्मेदवार, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा अन्य सरोकारवालाले आचार संहिता पालन गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षले रचनात्मक र सहयोगी भूमिका खेल्ने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार आचार संहिता उल्लङ्घन भए कानुनअनुसार कारबाही गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पछि नहट्ने निष्कर्ष बैठकबाट निकालिएको छ।
मुख्य निर्वाचन अधिकृत बैकुण्ठ बरालले निर्वाचन आचार संहिता पालन भए नभएको अनुगमनमा नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताए।
निर्वाचन आयोगले सरोकारवाला पक्षका लागि आचार संहिता छुट्टाछुट्टै जारी गरिसकेको छ।नेपाल पत्रकार महासंघका उपाध्यक्ष छपाल लामाले निर्वाचन सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै लागू भएका निर्वाचन आचार संहिता पालन गर्नु पनि सबै सरोकारवाला पक्षको जिम्मेवारी भएको बताए।
उनले निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूबाट आचार संहिता पालन गर्ने प्रतिबद्धता आउनु सकारात्मक पक्ष भएको धारणा राखे।
साथै, मतदानमा जनसहभागिता बढाउन महासंघमार्फत सञ्चारकर्मीले सहयोगी भूमिका खेल्ने जानकारी दिए।कार्यक्रममा विशेष परिस्थितिमा भइरहेको निर्वाचन भएकाले नवयुवाको भावना कदर गर्दै सबै पक्ष निर्वाचन सफल पार्न सक्रिय हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकाया, नेकपा (एमाले) का दलबहादुर फडेरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढा, नेकपा (नेकपा)का डा।दिपेन्द्र रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीका टासी लाङ्जोम, नेकपा (माओवादी केन्द्र० का कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीको उपस्थिति रहेको थियो।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - १३:३१
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएक...
माघ १६ गते, २०८२ - १३:१९
मुस्ताङ। भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध...
माघ १६ गते, २०८२ - १३:१०
कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयु...
माघ १६ गते, २०८२ - १२:५८
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्नका लागि ‘समय घर्किँदै गएको’ भन्दै कडा चेतावनी दिएका...
माघ १६ गते, २०८२ - १२:३४
हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता...
माघ १६ गते, २०८२ - १२:१९
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएको छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनला...
माघ १६ गते, २०८२ - १२:०९
सल्यान। सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारव...
माघ १६ गते, २०८२ - ११:३७
बर्दिबास । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक ...
माघ १६ गते, २०८२ - ११:२५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। फाग...
माघ १६ गते, २०८२ - ११:१४
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी म...




प्रतिकृया लेख्नुहोस्: