कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माणकार्य सम्पन्न भएको हो ।
उक्त सम्पन्न प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक प्रमुख शशीभूषण शाहले जानकारी दिए।
सो प्रसारण लाइन राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि बाँकेको कोहलपुर सवस्टेशनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको सवस्टेशनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उनले बताए। उनका अनुसार बाँके, बर्दिया र सुर्खेत रुटमा परीक्षणपश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइनेछ ।
प्राधिकरणले प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरी नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत्का संरचनालाई नछुन र बालबालिकालाईसमेत टावर नछुन तथा नजिक जान नदिन सचेत गर्न अनुरोध गरेको छ । साथै परीक्षणको क्रममा कुनै ठाउँमा भिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिनसमेत आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - १३:३१
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएक...
माघ १६ गते, २०८२ - १३:१९
मुस्ताङ। भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध...
माघ १६ गते, २०८२ - १३:१०
कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयु...
माघ १६ गते, २०८२ - १२:५८
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्नका लागि ‘समय घर्किँदै गएको’ भन्दै कडा चेतावनी दिएका...
माघ १६ गते, २०८२ - १२:३४
हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता...
माघ १६ गते, २०८२ - १२:१९
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएको छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनला...
माघ १६ गते, २०८२ - १२:०९
सल्यान। सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारव...
माघ १६ गते, २०८२ - ११:३७
बर्दिबास । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक ...
माघ १६ गते, २०८२ - ११:२५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। फाग...
माघ १६ गते, २०८२ - ११:१४
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी म...




प्रतिकृया लेख्नुहोस्: