Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

बिम्स्टेक शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा

\"\" काठमाडौँ, २५ माघ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा हुने तय भएको छ । मंगलबार सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका विदेश मन्त्रालयका सचिवको बैठकका छलफल तथा निर्णयका बारेमा जानकारी गराउँदै परराष्ट्र सचिव शङ्करदास बैरागीले २०१७ को अक्टोबर वा नोभेम्बरमा शिखर सम्मेलन गर्न प्रस्ताव गरिएको बताए । बिम्स्टेकको अध्यक्ष नेपालले उक्त क्षेत्रीय सङ्गठनकोे बैठकअन्तर्गत सोमबार उच्च पदाधिकारीको सत्रौँ तयारी बैठक गरेको थियो । बैठकका छलफल तथा निर्णयबारे जानकारी गराउन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सचिव बैरागीले यसै वर्षको जुन महिनामा बिम्स्टेकको १५औँ मन्त्रिस्तरीय बैठक हुने बताए । बैठकमा विशेषगरी यस क्षेत्रमा यातायात, रेल, प्रविधि, पर्यटन, लगानी, ऊर्जालगायत क्षेत्रमा सम्बन्ध जोड्ने (कनेक्टिीभिटी) विषयमा महत्वपूर्ण छलफल र निर्णय भएको छ । बिम्स्टेक क्षेत्रको स्वतन्त्र व्यापारको वार्तालाई द्रुतमार्गमा अघि बढाउने सहमति भएको जानकारी गराउँदै सचिव बैरागीले भने, “आगामी जुन ६ मा बिम्स्टेकको २० औँ वर्षगाँठ मनाउने सम्बन्धमा समेत महत्वपूर्ण निर्णय भएको छ ।” बैठकले बिम्स्टेकको भावी योजना तय गर्न प्रत्येक सदस्य राष्ट्रबाट दुई÷दुई जना व्यक्ति सम्मिलित एक प्रबुद्ध समूह गठन गर्ने र उक्त समूहलाई भावी योजनाका साथै दिगो विकास लक्ष्यलाई कार्यान्वयन गर्न सिफारिस गर्ने सम्बन्धमा कार्यादेश दिने निर्णय गरेको छ । साथै, बैठकले भारतको गोवामा सम्पन्न ‘बिम्स्टेक ब्रिक्स आउटरिच सम्मेलन’ मा भएका सहमति अघि बढाउन विभिन्न विषयका कार्यदल गठन गर्ने निर्णय गरेको सचिव बैरागीले जानकारी गराए । उनले भने, “बिम्स्टेक राष्ट्रका उर्जामन्त्रीस्तरीय बैठक आगामी मार्च महिनाको ३० र ३१ तारिखमा गर्ने सहमति भएको छ । नेपाल बिम्स्टेकको अध्यक्ष राष्ट्र भएको नाताले सबै कार्यक्रम सफल र फलदायी बनाउन हाम्रो प्रयास केन्द्रित हुनेछ ।” बिम्स्टेक सत्रौँ संयुक्त कार्यदलको बैठक यही माघ २३ गतेदेखि यहाँ प्रारम्भ भएको थियो । संयुक्त कार्यदल बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीका साथै सदस्य मुलुकबाट १० जनाभन्दा बढी प्रतिनिधि सहभागी थिए । बिम्स्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ । दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको स्थापना सन् १९९७ मा भएको हो । बिम्स्टेकमा नेपाल, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्यान्ड र श्रीलङ्का सदस्य छन् । सन् २००४ मा नेपालले सो सङ्गठनले सदस्यता प्राप्त गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending