Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

निर्वाचन हुने आधारसहित प्रचण्डले दिए मिति घोषणा नगर्नुको २ कारण

\"\" काठमाडौँ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले तय गरेको मितिभित्रै स्थानीय तहको निर्वाचन हुने आधार प्रस्तुत गरेका छन् । निर्वाचनको मिति घोषणा नगरेकै कारण आलोचित बनेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले मिति घोषणा नगर्नुको २ कारणसमेत प्रस्तुत गरेका छन् । सरकारले निर्वाचन घोषणा नगर्नुलाई अनावश्यक रुपले द्धिविधा र भ्रम पाल्नुपर्ने कुनै आवश्यकता नभएको बताउँदै एक टेलिभिजनमा उनले भने, ‘पहिला स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गर्न सरकार गम्भिर छ भन्ने कुरा व्यवहारत पुष्टि भइसकेको छ ।’ निर्वाचन गर्नका लागि तीव्र गति र गम्भिरताका साथ निर्वाचनका निम्ति आवश्यक पर्ने ऐन, कानुन निर्माण गरिसकेको उनको भनाई छ । प्रतिपक्षी दलका नेताले आरोप लगाएजस्तो सरकार निर्वाचन गर्न गम्भिर नभएको भए निर्वाचनसँग सम्बन्धि ऐन कानुन संसदबाट एकपछि अर्को गरेर पारित नहुने उनको जिकिर थियो । निर्वाचनसँग सम्बन्धित ऐन कानुन पारित भइसकेको हुनाले स्थानीय तहको निर्वाचनको तयारी गर्न मन्त्रिपरिषदबाट निर्णय गरेर सरकारले निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिइसकेकाले निर्वाचन हुने निश्चित भएको उनको भनाई थियो । सरकारले वैशाख अन्तिम सातादेखि १० जेठसम्मको मितिभित्र निर्वाचनको मिति घोषणा गर्न आयोगलाई पत्र पठाइसकेको छ । प्रचण्डलेस्थानीय तहको निर्वाचन गर्न पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई मन्त्रिपरिषदबाट स्वीकृत गर्न बाँकी रहेकाले निर्वाचनको मिति घोषणा नभएको उनको भनाई छ । ‘निर्वाचनको गते किन घोषणा गरिएन भन्ने जुन प्रसंग निस्किएको छ, पुनसंरचना आयोगको प्रतिवेदनलाई संविधानविद र कानुनविदको राय सुझाव लिएर यसमा परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले हामीले मिति घोषणा गरेका छैनौँ’ प्रचण्डले भने, ‘मधेसी जनता र पार्टीको गुनासो सम्बोधन गर्नुपर्ने परिस्थितीमा सरकारले उहाँहरुको भनाई र सरकारले दिएको मापदण्डलाई दृष्टिगत गरी स्थानीय विकासमन्त्रीको नेतृत्वमा समिति बनाएको छ । त्यसलाई १५ दिनको समय दिएको छ । समयभित्र उसले सुझाव दिएपछि स्थानीय तहको टुंगो लाग्छ र अनि मात्र गते भन्ने उपयुक्त हुन्छ भनेर मात्रै गते नतोकिएको हो । त्यसपछि मिति तोकिन्छ ।’ यति प्रष्ट कुरालाई सरकारले निर्वाचन गर्न चाहेको छैन भनेर प्रतिपक्षी दलले प्रचार गर्दा आफूलाई अचम्म लागेको उनको भनाई थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending