Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

बालाजुमा सरकारी गाडी ताेडफाेड, बिजुलीबजारमा झडप, दर्जन अान्दाेलनकारी पक्राउ

काठमाडौं, एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाको आव्हानमा सुरु आम हडतालको पहिलो दिन मंगलबार बिहानैदेखि विभिन्न ठाउँमा तोडफोड, आगजनी र झडपका घटनाहरु भएका छन् । बन्दकर्ताहरूले बालाजुमा एउटा सरकारी गाडी जलाएका छन् ।  बिहान पाँच बजेदेखि नै बन्दकर्ताहरू सडकमा उत्रेर बन्द सफल पार्न आह्वान गर्दै नाराजुलुस गर्न थालेका थिए । बन्दकर्ताहरु बिहानैदेखि राजधानीका विभिन्न ठाउँ, भित्री टोल र गल्लीहरुमा पनि पसलहरु बन्द गराउँदै हिँडेका छन् । बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको भ्यान तोडफोड गरेका छन् । यस्तै बालकुमारीमा बा १ ज १८७७ नम्बरको ट्याक्सीमा आगजनी गरेको खबर छ र भने बालाजुमा एउटा सरकारी गाडी तोडफोड भएको छ । यसैक्रममा बन्दकर्ता र प्रहरीबीच काठमाडाैंको बिजुलीबजारमा झडप भएको छ ।  प्रहरीले पूर्वविद्यार्थी नेता तथा एमाअाेवादीका काठमाडाैं जिल्ला अध्यक्ष हिमाल शर्मा, काठमाडाै जिल्ला सचिव रेणु दाहाल र विद्यार्थी नेता सुरेन्द्र बस्नेत लगायत विद्यार्थी नेता कृष्णभद्र अर्याल, प्रकाश पौडेल सहित करिब १ दर्जन बन्दकर्तालाई गिरफ्तार गरेको छ । बन्दकर्ताहरुलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । बन्दका क्रममा काठमाडौंको चावहिल, चुच्चेपाटी, गैरीधारामा माइक्रोबस, ट्याक्सी र बस तोडफोड गरेका छन् भने कलंकी, कौशलटार बसुन्धरा, सातदोबाटो पनि ट्याक्सीमा आगजनी भएको छ । सहमतिमा संविधान जारी गर्नुपर्ने माग गर्दै मोर्चाले दबाव दिन आन्दोलन गर्दै आएको छ ।    गोरखामा पनि प्रभाव उस्तै त्यस्तै गोरखाको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । गाउँबाट जिल्ला प्रवेश गर्ने मुख्य मुख्य नाकामा प्रहरीहरु तैनाथ छन् भने सदरमुकाम स्थित हरमटारी चोकमा गठबन्धनका कार्यकर्ताहरु विहानै देखि सडकमा पत्रिका ओछ्याएर बसेका छन् । गन्तव्यमा पुग्नका लागि मानिसहरु सडकमा हिडिरहेका देखिन्छन् । एम्बुलेन्स र दुधका गाडि चलेपनि अन्य कुनैपनि सवारीका साधनहरु चल्न सकेका छैनन् । गठबन्धनका गोरखा जिल्ला संयोजक एवं एकीकृत नेकपा (माओवादी ) का केन्द्रीय सदस्य अमर तमु सहितको टोलि सडकमा देखिएको छ । बन्दको अवज्ञा नगरी सहयोग गर्न सबैसँग आग्रह गरिएको तमुले बताए । आन्दोलनको उत्कर्षका रुपमा मोर्चाले आजबाट तीन दिन देशव्यापी आमहडताल गरेको जनाएको छ । पहिचान र संघीय पहिचान र अधिकार सहितको सङ्घीय संविधान निर्माण गर्नुपर्ने, आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्नुपर्ने, सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक–समावेशी प्रतिनिधित्व लगायतका आन्दोलनका उपलब्धिहरू संस्थागत गराउनुपर्ने लगायतका १५ बुँदे माग मोर्चाले राख्दै आएको छ । \"30
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies