Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

देउवाको सम्झनामा माघ १९ : लोकतन्त्र खोसिएको त्यो दिन

काठमाडौं, २० माघ । २०६१ माघको महिना, एमालेसँगको समीकरणमा मेरो नेतृत्वमा सरकार थियो । त्यतिबेला सबैभन्दा ठूलो समस्या माओवादी द्वन्द्व थियो । एउटा जिल्लाबाट अर्को जिल्ला, एउटा गाउँबाट अर्को गाउँ जान डराउनुपर्ने अवस्था थियो । मैले त्यो द्वन्द्वले मुलुक बर्बाद हुन्छ भन्ने निष्कर्ष निकालेर तत्कालीन भूमिगत माओवादीसँग भित्रभित्रै कुराकानी गरिरहेको थिएँ, प्रतिनिधिमार्फत । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– कति माओवादी नेताहरूसँग मैले बालुवाटारमै भेटेको थिएँ । केही मेरा साथीले विभिन्न ठाउँमा गोप्य भेटवार्ता गर्दै आएका थिए । मेरो सरकार र म माओवादी समस्या समाधान गरेर मुलुकमा शान्ति ल्याउनुपर्छ भन्नेमा दृढ थियौं । माघको पहिलो साता सुरु भएदेखि नै राजा (तत्कालीन राजा ज्ञानेन्द्र शाह)ले कु गर्छन् रे भन्ने हल्ला चल्न थाल्यो । मेरै क्याबिनेटमा भएका साथीहरूले पनि मलाई त्यस विषयमा सोध्न थाले । सेनाबाट पनि त्यस्तै सूचना आउन थाले, तैपनि राजाले कु गर्छन् भनेर हामी चुप लागेर बस्ने कुरा त भएन । मैले माघ १२ गते माओवादीका प्रतिनिधिसँग मेरो प्रतिनिधिमाफर्त भेट गरेर संविधानसभाको निर्वाचनका लागि राजी हुने सन्देश पठाएको थिएँ । माओवादीसँग कुरा मिल्ला मिल्ला जस्तो भएको थियो, दुई दिनपछि १४ गते त्यो भाँडियो । माओवादीहरूले ‘अब राजासँगै वार्ता गर्छौं\' भन्ने सन्देश मेरा प्रतिनिधिलाई पठाएर आफैं हराउन थाले । त्यसपछि हामी अझै अन्योलमा थियौं । माघ २१ गते बंगलादेशको राजधानी ढाकामा दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन थियो । राजाले कु गर्ने भन्ने हल्ला पनि त्यत्तिकै फैलिएको थियो । मेरो सूचना संयन्त्रबाट पनि कु हुनसक्ने भन्ने रिपोर्ट आइरहेको थियो । तैपनि मलाई लाग्यो- माघ २१ गते सार्क सम्मेलन छ भने त्योभन्दा अघि त कु हुँदैन होला । हामी सार्क शिखर सम्मेलनको तयारीमा थियौं । मेरो नेतृत्वमा ढाका जाने प्रतिनिधिमण्डलको सबै व्यवस्था भएको थियो । माघ २० गते हामी ढाका उड्ने तयारीमा थियौं । मैले माओवादी समस्या समाधान गर्न सार्क शिखर सम्मेलनबाट फर्किएपछि संविधानसभाको निर्वाचनमा सहमति जनाउने र त्यसलाई मन्त्रिपरिषद्बाट निर्णय गराउने तयारी गरिरहेको थिएँ । एक्कासी माघ १९ गते मध्याह्न राजाको सम्बोधन आयो । हल्ला चलेजस्तै उनले राजनीतिक कु नै गरे । १९ गते नै कु होला भन्ने साँच्चिकै हामीले त्यतिबेला सोचेका थिएनौं । राजाको सम्बोधन सकिनेबित्तिकै सुरक्षाकर्मी बालुवाटारतिर बढ्न थाले । मलगायत मन्त्रिपरिषद् सदस्यलाई त्यहीँबाट पक्राउ गरियो । मलाई मेरो घरमा लगेर नजरबन्दमा राखियो । हामी बालुवाटारमै बसेर राजाको सम्बोधन सुन्न बाध्य भयौं । केहीबेर त अलमलमा पर्‍यौं, अब के गर्ने ? तर अरू कुनै विकल्प थिएन । सुरक्षा निकाय र राज्यका अन्य निकायलाई राजाले कब्जामा लिइसकेका थिए । राजाले फेरि प्रजातन्त्र मास्न खोजे, यसले उनलाई राम्रो गर्दैन भन्ने निष्कर्षमा हामी पुग्यौं । त्यसपछि राजा राजनीतिक दललाई निस्तेज पार्न लागे, हामी गणतन्त्र नेपाल स्थापना गर्ने बाटोमा अघि बढ्यौं । अन्ततः राजाले हारे र हार स्वीकार गरे । लोकतन्त्रको जित भयो र आज हामी अहिलेको अवस्थासम्म आएका छौं । अब संविधानलाई सबैको सहमति हुनेगरी कार्यान्वयन गरेर संस्थागत गर्ने र आर्थिक समृद्धि र समतामूलक समाज निर्माण गर्ने बाटोमा अघि बढ्नुपर्छ । आज म २०६१ माघ १९ को त्यो घटना स्मरण गर्दै सबै राजनीतिक दललाई लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर संविधान कार्यान्वयनमा एक ढिक्का भएर अघि बढ्न आग्रह गर्छु । लोकतन्त्रमा विमति हुनु कुनै नौलो कुरा होइन तर त्यसलाई कसैको पनि हार नहुने गरी समाधान गर्नु लोकतन्त्रको जित हो । अरूको समस्यालाई आफ्नो समस्या ठानेर, लोकतन्त्र र मुलुकलाई केन्द्रमा राखेर अघि बढ्ने हो भने हामी धेरै लामो राजनीतिक संक्रमण पार गरेर अघि बढ्न सक्षम हुनेछौं । यसले कुनै एक वा दुई दलको होइन, सबै दलको र समग्रमा देशकै भलो गर्नेछ । त्यसैले आफ्नो स्वार्थपूर्ण हठ त्यागेर हामी फेरि सबै एक ठाउँमा आउनुपर्ने अवस्था अहिले सिर्जना भएको छ । सबै राजनीतिक दल, नागरिक समाज र पेसाकर्मी तथा व्यवसायीले यो कुरा बुझ्न आवश्यक छ । अब हाम्रो दायित्व जनताले प्राप्त गरेको उपलब्धि संस्थागत गर्ने हो । त्यो बाटोमा हामी सबै अघि बढ्न सक्ने हो भने नेपाल अब लामो राजनीतिक संक्रमणबाट मुक्त हुन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: